Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सुरक्षाकर्मीलाई यि तीन अवस्थामा माथिल्लो आदेशविना नै गोली चलाउने अधिकार


सुरक्षाकर्मीलाई यि तीन अवस्थामा माथिल्लो आदेशविना नै गोली चलाउने अधिकार

निर्वाचनमा खटिएका सुरक्षाकर्मीलाई तीन अवस्थामा माथिल्लो निकायको आदेशविना नै गोली चलाउन सक्ने अधिकार सरकारले दिएको छ ।

आफ्नो सुरक्षा, निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षा, मतपत्र र मतपेटिकाको सुरक्षामा खतरा उत्पन्न हुने अवस्थामा फिल्डमा खटिएका सुरक्षाकर्मीले गोली चलाउन माथिल्लो निकायको आदेश नचाहिने परिपत्र भएको छ ।

अन्य अवस्थामा भने गोली चलाउनुअघि माथिल्लो निकायबाट आदेश लिनुपर्ने हुन्छ । निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन फिल्डका प्रहरीलाई स्पष्ट निर्देशन दिइएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

यस्तै प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले मंसिर ४ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा सुरक्षा चुनौतीहरूलाई औँल्याइ त्यसको निराकरण गर्ने उपायहरू अवलम्बन गर्दै अझ बढी सक्रिय भई निर्वाचनअनुकूल वातावरण बनाउने गरी काम गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

निर्वाचनको मौन अवधिमा निर्वाचन बिथोल्ने क्रियाकलाप अझ बढी हुन सक्ने भएकाले यस्ता चुनौतीको सामना गर्न प्रहरी कर्मचारीहरू उच्च सतर्कता र अझ बढी संवेदनशील भएर निर्वाचन सुरक्षामा केन्द्रित हुन उनले भनेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल रूपमा भिडियो कन्फ्रेन्समार्फत बुधबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले प्रदेश प्रहरी प्रमुख, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय प्रमुख, प्रदेश तालिम केन्द्रका समादेशकहरू, प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख, जिल्ला प्रहरी प्रमुख र गण प्रमुखहरूलाई निर्वाचनलक्षित निर्देशन सम्बोधनको क्रममा सो निर्देशन दिएका हुन् । निर्वाचन शान्तिपूर्ण, निष्पक्ष एवं सुरक्षित तवरबाट भयरहित वातावरणमा सम्पन्न गरी राष्ट्रले सुम्पेको जिम्मेवारी पूरा गर्न कटिबद्ध हुनुपर्ने उनको भनाइ थियो ।

निर्देशनको क्रममा प्रहरी महानिरीक्षक सिंहले निर्वाचनको सुरक्षा चुनौतीहरूलाई औँल्याइ त्यसको निराकरण गर्ने उपायहरू अवलम्बन गर्दै अझ बढी सक्रिय भई निर्वाचनअनुकूल वातावरण बनाउने गरी काम गर्नुपर्ने बताए । सम्पूर्ण नेपाल प्रहरीका कर्मचारीले व्यावसायिकतालाई बोलीमा मात्र नभई व्यवहारमा समेत शतप्रतिशत लागू गर्नुपर्नेमा उनको जोड थियो ।

निर्वाचन नेपाल प्रहरीको परीक्षाको घडीको रूपमा रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीलाई अब्बल साबित गर्ने गरी काम गर्न कार्यालय प्रमुखहरूले आफ्ना मातहतमा खटिने प्रहरी कर्मचारीहरूलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउन र आफ्नो जिम्मेवारीसम्बन्धी आवश्यक ब्रिफिङ गर्न पनि भनेका छन् ।

प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी सम्पूर्ण नेपाली नागरिकको भरोसाको केन्द्र भएकोले निर्वाचनको समयमा तटस्थ भई आफ्नो कार्य सम्पादन गर्न निर्देशन दिएका छन् । हरेक काम औचित्य पुष्टि हुने गरी हुनुपर्ने र कर्तव्यको क्रममा गरिएका काम–कारबाहीप्रति सङ्गठनको सदैव साथ रहने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

शिवराज खेल महोत्सव आजदेखि सुरु

शिवराज खेल महोत्सव आजदेखि सुरु

मायादेबी गाउपालिका वडा नम्बर ४ को आफनै प्रशासनिक भवन

मायादेबी गाउपालिका वडा नम्बर ४ को आफनै प्रशासनिक भवन

प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा सार्वजनिक, काँग्रेस पहिलो पार्टी

लुम्बिनी काँग्रेसले मनोनयन गर्‍यो २१ विभागीय प्रमुख

मालपोत र नापीमा अब सेवाप्रवाहसँग जोडेर मूल्याङ्कन हुने

मालपोत र नापीमा अब सेवाप्रवाहसँग जोडेर मूल्याङ्कन हुने

पुल छिटो निर्माण गर्न परमादेशको माग गर्दै उच्च अदालत दिपायलमा रिट

पुल छिटो निर्माण गर्न परमादेशको माग गर्दै उच्च अदालत दिपायलमा रिट

शालीनदी मेलामा ८४ लाख रुपैयाँ भेटी सङ्कलन

शालीनदी मेलामा ८४ लाख रुपैयाँ भेटी सङ्कलन

भर्खरै प्रकाशित

शिवराज खेल महोत्सव आजदेखि सुरु

शिवराज खेल महोत्सव आजदेखि सुरु

मायादेबी गाउपालिका वडा नम्बर ४ को आफनै प्रशासनिक भवन

मायादेबी गाउपालिका वडा नम्बर ४ को आफनै प्रशासनिक भवन

प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा सार्वजनिक, काँग्रेस पहिलो पार्टी

लुम्बिनी काँग्रेसले मनोनयन गर्‍यो २१ विभागीय प्रमुख

मालपोत र नापीमा अब सेवाप्रवाहसँग जोडेर मूल्याङ्कन हुने

मालपोत र नापीमा अब सेवाप्रवाहसँग जोडेर मूल्याङ्कन हुने

पुल छिटो निर्माण गर्न परमादेशको माग गर्दै उच्च अदालत दिपायलमा रिट

पुल छिटो निर्माण गर्न परमादेशको माग गर्दै उच्च अदालत दिपायलमा रिट

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि