नायक प्रदिप खड्काले नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापालाई भोट मागेका छन् । काँग्रेस उम्मेदवार विनोद चौधरीलाई भोट माग्न नवलपरासी पुगेका ‘प्रेमगीत’ फेम्ड खड्का बुधबार अर्का उम्मेदवार गगन थापालाई भोट माग्दै हिँडेका छन् ।
गगनको चुनावी घरदैलोमा पुगेर प्रदीपले उनको पक्षमा भोट मागेका हुन् । यति मात्र होइन, प्रदीपले गगनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेका छन् । उनले भने, ‘दाइमाथि मलाई विश्वास छ । भावी प्रधानमन्त्रीको रूपमा आफूले आफूलाई जसरी दाबेदारी देखाइरहनुभएको छ ।
म यसमा विश्वस्त छु कि आउनुपर्ने र सम्हाल्नुपर्ने नयाँ पुस्ताले नै हो ।’ सँगै उभिएका उम्मेदवार थापाले भने, ‘हाम्रो पुस्ताको चर्चित मात्र होइन, सम्भावना भएको नायकले मैदानमै आएर मेरो पक्षमा भोट माग्नुभयो, म यसप्रति आभारी पनि छु ।’