Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

श्रीलङ्कासँगको दोस्रो टी–२० क्रिकेटमा भारत १६ रनले पराजित : शानकाको कीर्तिमानी ब्याटिङ

Author Avatar साझा न्यूज 6th January 2023 , 9:21 AM
श्रीलङ्कासँगको दोस्रो टी–२० क्रिकेटमा भारत १६ रनले पराजित : शानकाको कीर्तिमानी ब्याटिङ

काठमाण्डाै – श्रीलङ्काले दोस्रो टी–२० क्रिकेटमा घरेलु टोली भारतलाई हराएको छ । गएराति भएको खेलमा पाहुना टोली श्रीलङ्काले भारतलाई १६ रनले पराजित गरेको हो ।

यो जितसँगै तीन खेलको टी–२० शृङ्खला एक/एकको बराबरी भएको छ । यो खेलमा श्रीलङ्काका कप्तान दाशुन शानकाले सबैभन्दा कम बलमा अर्धशतक पूरा गरेका छन् । उनले श्रीलङ्का पूर्व कप्तान कुमार साङ्गकारा र महेला जयवर्धनलेको कीर्तिमान तोड्दै नयाँ इतिहास रचेका हुन् ।

पुणेमा श्रीलङ्काले दिएको २ सय ७ रनको लक्ष्य पाएको भारतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९० रन मात्र बनाउन सक्यो । भारतका अक्षर पटेलले ६५ रन तथा सूर्यकुमार यादवले ५१ रनको अर्धशतक बनाए पनि टोलीलाई जिताउन सकेनन् ।

टी–२० अन्तर्राष्ट्रिय खेलमा पटेलको करिअरको पहिलो अर्धशतक समेत हो । श्रीलङ्काका कप्तान शानका, दिल्सान मधुशङ्का र कुसुन रन्जिथाले समान २/२ तथा वानिन्दु हशरङ्गा र चमिका करुणरत्नेले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले २० ओभरमा ६ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो ।

श्रीलङ्काका शानकाले २२ बलमा ५६ रनको अर्धशतक बनाए । त्यस्तै कुशल मेन्डिसले पनि ५२ रनको अर्धशतकीय पारी खेले । भारतका उमरान मल्लिकले ३ तथा अक्षर पटेलले २ विकेट लिए । पहिलो खेलमा भारत २ रनले विजयी भएको थियो । तेस्रो तथा निर्णायक खेल भोलि राजकोटमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

दोस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

आइपिएल: दिल्ली र सनराइजर्स हैदराबाद भिड्दै

आइपिएल: दिल्ली र सनराइजर्स हैदराबाद भिड्दै

सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

लिग–टु शृङ्खलाअघि नेपालले यूएईसँग २ वटा टी–२० खेल्ने

लिग–टु शृङ्खलाअघि नेपालले यूएईसँग २ वटा टी–२० खेल्ने

भर्खरै प्रकाशित

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

भाउजूको हत्या गर्ने देवर पक्राउ

‘क्यासिनो’मा जुवातास खेलिरहेका १९ जना नेपाली पक्राउ

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

फोन नम्बर नदिँदा महिलामाथि अश्लील हर्कत गर्ने युवक पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज