Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पाँचतले मन्दिरको जगलाई असर पार्ने गरी ढुङ्गा फुटाइँदै

Author Avatar साझा न्यूज 30th January 2023 , 8:06 AM
पाँचतले मन्दिरको जगलाई असर पार्ने गरी ढुङ्गा फुटाइँदै

भक्तपुर, माघ १६ गते ।  भक्तपुरको दरबार क्षेत्रमा रहेको पाँचतले मन्दिर (ङातापोल्हँ, न्यातपोल)को जगलाई असर पर्ने गरी खन्ने कार्य भइरहेको छ । संरक्षित स्मारक क्षेत्रभित्र त्यसरी खन्दा पुरातìव विभागबाट स्वीकृति लिनुपर्नेमा त्यो कार्य पनि नभएको पाइएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले भक्तपुर नगरपालिका वडा नं. ५, तौमडी क्षेत्रमा पाइपलाइन विस्तार गर्ने क्रममा ऐतिहासिक पाँचतले मन्दिर नै धरापमा पर्ने गरी पाइपलाइनका लागि खोल्सा खनिएको हो । त्यसरी खन्दा मन्दिरको जगका रूपमा रहेको ठूलो ढुङ्गा फुटाउन थालिएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रवक्ता प्रकाश राईले पाइपलाइन विस्तार गर्ने क्रममा देखिएको ढुङ्गा के हो भन्ने विस्तृत जानकारी केयूकेएललाई नभएको बताउनुभयो । अब भने केयूकेएलले पुरातत्व र नगरपालिकासँग समन्वय गरेर काम गर्ने उहाँले  बताउनुभयो । उहाँले भन्नुभयो, “मन्दिरको जग नै हो भने हामीले पाइपलाइनको वैकल्पिक उपाय खोजी गर्छौं । अनुपम सम्पदा नासिने गरी खानेपानीको पाइपलाइन विस्तार हुँदैन ।”

भक्तपुर स्मारक संरक्षण तथा दरबार हेरचाह अड्का प्रमुख अरुणा नकर्मीले प्राचीन स्मारक संरक्षण ऐनमा पुरातात्त्विक  सम्पदा क्षेत्रमा कुनै संरचना बनाउँदा, उत्खनन गर्दा पुरातत्व विभागको पूर्वस्वीकृति लिनुपर्ने उल्लेख भए पनि अहिले भइरहेको पाइपलाइन विस्तारका लागि स्वीकृति लिएको जानकारी आफूलाई नभएको बताउनुभयो ।

स्मारक संरक्षित ऐनबमोजिम संरक्षित स्मारक क्षेत्रभित्र कसैले टेलिफोन वा विद्युत् लाइन जडान गर्न, खानेपानी वा ढलका लागि जमिन खन्न, सडक बनाउन वा मर्मत गर्न, चलचित्रको सुटिङ गर्न, मेलापर्व नाचगान वा सवारीसाधनको पार्किङ वा पोस्टर टाँस्नसमेत पुरातìव विभागबाट स्वीकृति लिनुपर्ने हुन्छ ।

प्रमुख नकर्मीले पुरातात्त्विक  सम्पदा वरिपरि उत्खनन गर्दा ठूला ढुङ्गा भेटिन्छन् भने ती ढुङ्गा मन्दिरकै जग हुनसक्ने अनुमान गर्नुभयो । उहाँले भन्नुभयो, “सोमबार दरबार हेरचार कार्यालय, नगरपालिकाका जनप्रतिनिधि र केयूकेएलबीच समन्वय गरेर पाइपलाइन खन्ने कार्य  रोक्न निर्देशन दिइनेछ ।”

भक्तपुर नगरपालिका प्रमुख सुनील प्रजापतिले आफू केही दिनदेखि बाहिर रहेकाले विस्तृत जानकारी नभएको र मन्दिरलाई नै अप्ठ्यारो पर्ने गरी पाइपलाइन खन्न नदिने बताउनुभयो । नेपालको अनुपम सम्पदाको नमुनाका रूपमा रहेको पाँचतले मन्दिर तत्कालीन राजा भूपतिन्द्र मल्लको समयमा विसं १७०१–१७०२ ताका निर्माण भएको हो । १०८ फिट उचाइको पाँच तला रहेको सिद्धिलक्ष्मीको यो मन्दिर नेपाली शैलीको मन्दिर हो ।

पाँचतले मन्दिरको परिसर ठूलो र खुला चोक भएकाले यहाँ अनेक परम्परागत सांस्कृतिक गतिविधिका अतिरिक्त बेलाबेलामा सभा, सम्मेलन, सामाजिक क्रियाकलाप, प्रदर्शनी हुने गरेका छन् ।

त्यस्तै मन्दिर परिसरमा पर्वजात्राको मञ्च, धार्मिक क्रियाकलाप, नाचगान डबली, हाटबजारको ठाउँ, सभा, सम्मेलन गर्ने खुला चोकका रूपमा रहेको छ । पाँचतले मन्दिर परिसर भक्तपुरको मात्र नभएर नेपालकै गौरव हो । मन्दिर परिसरले भक्तपुर सहरको सुन्दरतालाई आकर्षक बनाएको छ । मौलिक वास्तुकलाका अतिरिक्त प्रस्तर मूर्तिकलाका दृष्टिले समेत यो अनुपम नमुना मानिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

गुल्मीमा स्कारपियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

गुल्मीमा स्कारपियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

कपिलवस्तुमा भन्सार छलीका सामान बरामद, मोटरसाइकलसहित लाखौँको सामग्री नियन्त्रणमा

कपिलवस्तुमा भन्सार छलीका सामान बरामद, मोटरसाइकलसहित लाखौँको सामग्री नियन्त्रणमा

खैरो हेरोइनजस्तो पदार्थसहित महिला पक्राउ

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

पान खेतीको सम्भावना खोज्दै पुरमल

पान खेतीको सम्भावना खोज्दै पुरमल

सप्तकोशीमा मोटरबोट पल्टिँदा तीन जनाको मृत्यु

सप्तकोशीमा मोटरबोट पल्टिँदा तीन जनाको मृत्यु

पुख्यौली गाउँ सपहीमा पूर्वराष्ट्रपति यादवको दसैँ

पुख्यौली गाउँ सपहीमा पूर्वराष्ट्रपति यादवको दसैँ

भर्खरै प्रकाशित

गुल्मीमा स्कारपियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

गुल्मीमा स्कारपियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

कपिलवस्तुमा भन्सार छलीका सामान बरामद, मोटरसाइकलसहित लाखौँको सामग्री नियन्त्रणमा

कपिलवस्तुमा भन्सार छलीका सामान बरामद, मोटरसाइकलसहित लाखौँको सामग्री नियन्त्रणमा

लुम्बिनीलाई सुदूरपश्चिमले दियो ८८ रनको लक्ष्य

लुम्बिनीलाई सुदूरपश्चिमले दियो ८८ रनको लक्ष्य

उदयपुरमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते

उदयपुरमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते

खैरो हेरोइनजस्तो पदार्थसहित महिला पक्राउ

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज