Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै संवेदनशील : प्रधानमन्त्री प्रचण्ड

Author Avatar साझा न्यूज 28th March 2023 , 1:27 PM
राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै संवेदनशील : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, चैत १४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको वर्तमान परिप्रेक्ष्यमा राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील रहेको बताउनुभएको छ । प्रधानमन्त्री एवम् रक्षामन्त्री प्रचण्डले मङ्गलबार सि.सं.८ राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘विश्व परिवेशमा भइरहेका घटनाहरुको कारण राष्ट्रिय सुरक्षाको मामिलामा भएको क्रमिक विकास र परिवर्तन, अन्तर्राष्ट्रिय एवम् क्षेत्रीय रुपमा उदीयमान शक्ति राष्ट्रहरु, सूचना एवम् प्रविधिको तीव्रतर र बहुआयमिक विकासको साथै राष्ट्रिय रुपमा राजनैतिक, सामाजिक, सांस्कृतिक एवम् आर्थिक क्षेत्रमा देखिएका परिवर्तनहरुले हरेक राष्ट्रको राष्ट्रिय सुरक्षामा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । यो तथ्य नेपालजस्ता मुलूकहरुका लागि झन् बढी महत्त्वपूर्ण हुने गर्दछ ।’’

उहाँले प्रत्येक राष्ट्रले आ–आफ्नो मूल्य–मान्यता र मूल नीतिमा आधारित रहेर राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन प्रयासरत रहने गरेको बताउनुभयो । उहाँका अनुसार राष्ट्रिय सुरक्षा भनेकै राजनीतिक, सामाजिक, आर्थिक एवम् भौगोलिक लगायत अन्य सबै पक्षको समग्र सुरक्षा हो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘यसको आयाम सैनिक शक्तिलाई मात्र आधार बनाई बुझ्ने परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको परिपेक्ष्यमा यसले राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यावरणीय एवम् मानवीय पक्ष लगायतलाई पनि सम्बोधन गर्नु उत्तिकै आवश्यक पर्दछ । त्यसका लागि आम नागरिकमा देशप्रतिको जिम्मेवारीबोध र एकताको भावना विकसित तुल्याउनुपर्दछ ।’’

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ
नेपाली सेनाका प्रधानसेनापति,
विभिन्न मन्त्रालयका सचिवज्यूहरु
सुरक्षा निकायका प्रमुखहरु,
रथीवृन्दहरु,
तालिममा सहभागी नेपाल सरकार तथा अन्य निकायका वरिष्ठ अधिकृत वर्ग, उपस्थित आदरणीय महानुभावहरु
हार्दिक अभिवादन ।

१. नेपालका विभिन्न सरकारी तथा गैरसरकारी निकायका वरिष्ठ अधिकारीहरु सम्मिलित राष्ट्रिय सुरक्षा जस्तो संवेदनशील विषयमा केन्द्रित सि.सं.८ राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहको शुभ अवसरमा आफ्नो समापन मन्तव्य राख्न पाउँदा मलाई ज्यादै खुशी लागेको छ ।

२. सर्वप्रथम म यस महत्त्वपूर्ण तालिम सफलतापूर्वक सम्पन्न गर्नुहुने सम्पूर्ण सहभागीहरुलाई हार्दिक बधाइ ज्ञापन यहाँहरुको व्यवसायिक जीवनमा निरन्तर सफलताको शुभकामना व्यक्त गर्दछु ।

उपस्थित महानुभावहरु
३.  नेपालको वर्तमान परिप्रेक्ष्यमा राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील रहेको छ । विश्व परिवेशमा भइरहेका घटनाहरुको कारण राष्ट्रिय सुरक्षाको मामिलामा भएको क्रमिक विकास र परिवर्तन, अन्तर्राष्ट्रिय एवम् क्षेत्रीय रुपमा उदीयमान शक्ति राष्ट्रहरु, सूचना एवम् प्रविधिको तीव्रतर र बहुआयमिक विकासको साथै राष्ट्रिय रुपमा राजनैतिक, सामाजिक, सांस्कृतिक एवम् आर्थिक क्षेत्रमा देखिएका परिवर्तनहरुले हरेक राष्ट्रको राष्ट्रिय सुरक्षामा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । यो तथ्य नेपालजस्ता मुलूकहरुका लागि झन् बढी महत्त्वपूर्ण हुने गर्दछ ।

४. प्रत्येक राष्ट्रले आ–आफ्नो मूल्य–मान्यता र मूल नीतिमा आधारित रहेर राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन प्रयासरत रहने गर्दछ । राष्ट्रिय सुरक्षा भनेकै राजनीतिक, सामाजिक, आर्थिक एवम् भौगोलिक लगायत अन्य सबै पक्षको समग्र सुरक्षा हो । यसको आयाम सैनिक शक्तिलाई मात्र आधार बनाई बुझ्ने परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको परिपेक्ष्यमा यसले राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यावरणीय एवम् मानवीय पक्ष लगायतलाई पनि सम्वोधन गर्नु उत्तिकै आवश्यक पर्दछ । त्यसका लागि आम नागरिकमा देशप्रतिको जिम्मेवारीबोध र एकताको भावना विकसित तुल्याउनुपर्दछ ।

५. नेपालको संविधानले निर्देशित गरेको नेपालको सार्वभौमिकता, स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण राख्दै बहुजाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायमा पारस्परिक सद्भाव सहिष्णुता र ऐक्यवद्धता कायम गर्दै राष्ट्रिय सुरक्षा प्रणालीलाई  विकास गर्नुपर्ने आवश्यकता छ । सोही अनुसार ‘राष्ट्रिय सुरक्षा नीति–२०७३’ लाई परिवर्तित समयको मागअनुसार समसामयिक परिमार्जन गरी ‘राष्ट्रिय सुरक्षा नीति–२०७५’ कार्यान्वयनमा ल्याइसकिएको छ । यसबाट नेपालका सबै सुरक्षा निकायलाई सवल, सक्षम, सुदृढ, व्यवसायिक बनाउन तथा आन्तरिक एवम् बाह्य सुरक्षा चुनौतीको समयमा नै पहिचान, विश्लेषण गरी  प्रतिरक्षा नीति, आन्तरिक सुरक्षा तथा सार्वजनिक सूचना नीति, परराष्ट्र नीति तथा अर्थ नीति तर्जुमा गरी राष्ट्रिय सुरक्षा सुदृढ बनाउन टेवा पुग्नेछ ।

उपस्थित महानुभावहरु
६. वर्तमान समयमा विभिन्न सुरक्षा चुनौतीको सामना गर्नु परिरहेको छ । देशको भू–राजनैतिक अवस्थिति, अन्तर्राष्ट्रिय एवम् क्षेत्रीय रुपमा शक्ति राष्ट्रहरुको सामरिक सामर्थ्यको बढोत्तरी, प्रतिष्पर्धा एवम् प्रभाव, सीमा विवाद, जलवायु परिवर्तनको साथै आन्तरिक रुपमा विद्यमान रहेको राजनीतिक जटिलता, विश्व आर्थिक मन्दी र त्यसको राष्ट्रिय प्रभाव, राष्ट्रिय एकता र सुरक्षामाथि प्रहार गर्न खोज्ने अतिवादी एवम् पृथकतावादी सोच, दक्ष जनशक्तिको पलायन, खुला सीमाना र त्यसले निम्त्याउन सक्ने आपराधिक गतिविधिहरु लगायतका चुनौतीहरु आज हामीले एकसाथ सामना गर्नुपरिरहेको छ । यसको प्रतिवाद एवम् समाधानका लागि राष्ट्रिय शक्तिका मुख्य तत्त्वहरुः राजनीतिक, अर्थतन्त्र, कुटनीति, सञ्चार तथा सैन्य शक्तिलाई उचित नीति एवम् साधन श्रोतले सम्पन्न गराउँदै समन्वय र सहकार्यको माध्यमबाट उचित ढङ्गबाट राष्ट्रिय हितमा प्रयोग गरी त्यस्ता चुनौतीहरुको डटेर सामना गर्न हामी सक्षम छौं भन्ने मैले विश्वास लिएको छु । यसका लागि नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरण हुने पनि म विश्वास दिलाउँछु ।

७. तसर्थ, परिवर्तित परिस्थितिमा राष्ट्रिय सुरक्षा नीतिको सही मूल्याङ्कन, अध्ययन र विश्लेषण गर्नु अत्यन्तै जरुरी हुन्छ । हाम्रो प्राथमिकता र विश्लेषण सुरक्षा खतराको बहु–आयामिक पक्षहरु र त्यसको समाधानको कुशलतामा केन्द्रित हुनुपर्दछ । त्यसैले तपाईहरुलाई परम्परागत एवम् विकसित सुरक्षा खतराका नयाँ आयामहरुको थप गहिरो अध्ययन र विश्लेषण गरी आवश्यक पहलकदमीका लागि पनि म विशेष अनुरोध गर्दछु ।

८. तालिमको समयमा तपाईहरुमाँझ आफ्नो कार्यक्षेत्रमा प्राप्त ज्ञान र अनुभवको साटासाट, राष्ट्रिय सुरक्षाका बहु–आयामिक पक्षसँग सम्बन्धित प्राज्ञहरुबाट ज्ञान प्राप्ति लगायत तपाईहरुको गहन छलफल भएको कुरामा म विश्वस्त छु । यसबाट राष्ट्रिय सुरक्षा सम्बन्धी ज्ञानको दायरा थप फराकिलो भएको र राष्ट्रिय सुरक्षालाई केन्द्रमा राखेर बृहत्तर राष्ट्रिय हितका लागि सम्बन्धित विभिन्न सरकारी निकायहरु तथा गैरसरकारी निकायहरुबीच के–कसरी समन्वयकारी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा समेत यथेष्ट जानकारी भएको विश्वास मैले लिएको छु । यो तपाईहरुको व्यक्तिगत एवम् व्यवसायिक जीवनका लागिसमेत ठूलो पुँजी हो ।

९. अन्त्यमा, तालिममा सरिक सम्पूर्ण सहभागीहरुलाई नेपाल सरकारको तर्फबाट हार्दिक बधाइका साथ सफल कार्यकालको शुभकामना व्यक्त गर्दै राष्ट्रिय सुरक्षाजस्तो अति महत्त्वपूर्ण विषयमा उच्चस्तरको तालिम सञ्चालन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने रक्षा मन्त्रालय, नेपाली सेना एवम् सैनिक कमाण्ड तथा स्टाफ कलेज लगायत सबैलाई हार्दिक धन्यवाद दिँदै सि.सं.८ राष्ट्रिय सुरक्षा तालिम समापन भएको घोषणा गर्दछु । धन्यवाद !


तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

शून्य समय : सांसदका थरिथरिका माग

शून्य समय : सांसदका थरिथरिका माग

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज