इलाम, चैत १७ गते । इलाम कारागारमा रहेका एक कैदी फरार भएका छन् । डाँका मुद्दामा पूपक्र्षका लागि थुनामा रहेका मेचीनगर नगरपालिकाका ३१ वर्षीय मनराज राई फरार भएका हुन् ।
हिजो (बिहीबार) बेलुका कैदी–बन्दीको गणना गर्ने क्रममा राई नभएपछि उहाँ फरार हुनुभएको थाहा भएको हो । बिहीबार दिउँसो ३ बजेतिर कारागारको कम्पाउण्ड वालबाट बाहिर भागेको जनाइएको छ ।
‘‘कारागारभित्रबाट राई कसरी फरार भए भन्नेबारे अनुसन्धान गरिरहेका छौं,’’ इलामका प्रहरी प्रमुख दिलीप घिमिरेले भन्नुभयो, ‘‘उनी पूपक्र्षमा थिए । तर मुद्दा फैसला भइसकेको छ । फैसलाको पूर्णपाठ आउन बाँकी छ । पूर्णपाठ आउपछि उनलाई के सजाय भएको छ भन्ने थाहा हुन्छ ।’’
प्रमुख घिमिरेले कारागारबाट फरार घटनाको छानविन गरी दोषीलाई कारबाही गर्ने बताउनुभयो ।