काठमाडाैँ, चैत १९ गते । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मिटरब्याज पीडित बसेको स्थानमा पुग्नुभएकाे छ । उहाँ त्यहाँ पुगेर मिटरब्याज पीडितहरूकाे स्वास्थ्य परीक्षणको लागि चिकित्सकसहित भेट्न जानुभएको हाे ।
यसअघि हिजाे मिटरव्याज विरुद्धको संघर्ष समिति, नेपालबीच गृहमन्त्रालयमा पाँचबुदे सहमति भएको थियाे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरव्याज पीडितलाई भेटेर समस्याको दीर्घकालीन समाधान गर्ने प्रतिबद्धता जनाउनुभए लगत्तै उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहल र उपस्थितिमा गृहमन्त्रालयमा सो सहमति भएको हो ।
शुक्रबार गृहमन्त्री पद बहाली क्रममा समेत उपप्रधानमन्त्री श्रेष्ठले मिटरव्याज पीडितको समस्या समाधान गर्न अधिकार सम्पन्न आयोग बनाउने प्रस्ताव मन्त्री परिषदमा लैजाने फाइलमा हस्ताक्षर गरेर आफ्नो कार्यारम्भ गर्नुभएको थियो।
सहमतिपत्रमा मिटरव्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको गत भदौ २७ गतेको प्रतिवेदन शीघ्र एवम् प्रभावकारी कार्यान्वयनको लागि सम्बद्ध निकायसँग आवश्यक समन्वय र सहजीकरण गर्ने सहमति भएको थियाे।