प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। स्वास्थ्यमा समस्या देखिएपछि शनिबार साँझ भर्ना भएका पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेको उनको सचिवालयले जनाएको छ। उनले राष्ट्रपति पौडेललाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन्। शनिबार साँझ पेटमा समस्या देखिएपछि पौडेल अस्पतालमा भर्ना भएका थिए ।