ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङका दुई ठाउँमा दुई जना पुरुषको शव फेला परेको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका घर भएका विशाल थापाको शव सिरिजङ्घा गाउँपालिका पुछार काबेली खोलाको बगरमा भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कुशराम कार्कीले जानकारी दिनुभयाे । सुपर काबेली हाड्रोपारमा एक्स्काभेटर चालकको रूपमा काम गर्ने थापामा राति बरबराउने समस्या थियो ।
यस्तै फुङलिङ नगरपालिका वडा नम्बर–२ देवलिङ्गे बस्ने ३४ वर्षका कुमार विकको शव सिम्ले नजिकैको सडक किनारमा भेटिएको छ । शवकाे पाेस्टमार्टमपछि परिवारलाई जिम्म लगाइने र घटनाकाे अनुसन्धा भइरहेकाे प्रहरीले जनाएकाे छ ।