Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भारतीय चलचित्रमा नेपाली कलाकार देख्न चाहन्छु : निर्देशक द्विवेदी


भारतीय चलचित्रमा नेपाली कलाकार देख्न चाहन्छु : निर्देशक द्विवेदी

काठमाण्डाै – भारतीय चलचित्र निर्देशक डा. चन्द्रप्रकाश द्विवेदीले नेपाली कलाकारलाई आफूले भारतीय चलचित्रमा देख्न चाहेको बताउनुभएको छ ।

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आइतवार बेलुकि आयोजना गरेको अन्तरक्रियामा निर्देशक द्विवेदीले नेपाल र भारतबीच भाषा र संस्कृतिमा धेरै समानता रहेको भन्दै नेपाली कलाकारले भारतीय चलचित्र क्षेत्रमा काम गर्न सक्ने धारणा राख्नुभयो ।

‘भारतमा विभिन्न देशबाट आएर चलचित्र क्षेत्रमा स्थापित भएका कलाकार प्रशस्तै छन्’, उहाँले भन्नुभयो, ‘तर नेपाली कलाकारको सङ्ख्या न्यून छ, जबकि हामीबीचको भाषा र संस्कृति धेरै हदसम्म मिल्छ ।’

अभिनेता तथा लेखकसमेत रहनुभएका डा. द्विवेदीले आफूले निर्माण गर्ने आउँदा दुई चलचित्रको अडिसन नेपालमा गर्नेसमेत स्पष्ट पार्नुभयो । उहाँले ती चलचित्रको स्क्रिप्ट लेखन जारी रहेको र नेपाली कलाकारलाई अभिनय गराउने बताउनुभयो ।

उहाँले धेरै समयअघि भारतीय अभिनेता अमिताभ बच्चनलाई नेपालमा ल्याएर शुटिङ गर्ने योजना बनाएको स्मरण गर्नुभयो । ‘अमिताभ बच्चनलाई सुटिङ गराउन नेपाल ल्याउनका लागि केही लोकेसन पनि हेरेँ, तर विमानस्थलको भिडले छायाङ्कन गर्न सकिन्न कि भन्ने लाग्यो’, उहाँले भन्नुभो, ‘अहिले आएर म गलत थिए कि भन्ने लागिरहेको छ ।’

उहाँले आफू सन् २००४ मा नेपाल आएको र चितवनबारेमा भारतीय चलचित्रमा उल्लेख गरेको बताउनुभयो । डा. द्विवेदी निर्देशित सन् १९९१ मा प्रसारण भएको टेलिशृङ्खला ‘चाणक्य’ बाट चर्चा कमाउनुभएको थियो । चाणक्यमा उहाँले लेखन तथा अभिनयसमेत गर्नुभएको थियो । अन्तरक्रियामा उहाँले चलचित्रसम्बन्धी तीन दशक लामो अनुभवका विषयमा चर्चा गर्नुभएको थियो ।

अन्तरक्रियामा अभिनेता राजेश हमाल, अभिनेत्री सुरक्षा पन्त, निर्देशक कुमार भाष्कर, नरेश पौडेल, पुर्नेन्दु झाका साथै अभिनेता कमलमणि नेपाल, भोलाराज सापकोटा, लेखक समीप्याराज तिमल्सेनालगायतको उपस्थिति थियो ।

अभिनेता हमालले निर्देशक द्विवेदीलाई नेपालमा स्वागत गर्दै भारतीय चलचित्रको विषयमा चर्चा गर्नुभएको थियो । ‘नेपालमा चलचित्रकै माध्यमबाट केही मात्रामा भए पनि हिन्दी भाषा बुझ्नेहरू हुनुहुन्छ’, उहाँले द्विवेदीलाई भन्नुभयो, ‘तपाईँहरूको कामको यहाँ पनि चर्चा हुन्छ ।’ हमालले चलचित्रका माध्यभबाट नेपाली र भारतीय कलाकार जोडिएको भनाइ व्यक्त गर्नुभयो ।

निर्देशक डा. द्विवेदीले चलचित्र ‘पिञ्जर’, ‘जेड प्लस’, ‘मोहल्ला अस्सी’, ‘सम्राट पृथ्वीराज’ र टेलिशृङ्खला ‘मृत्युञ्जय’, ‘एक और मोहब्बत’, ‘उपनिषद गङ्गा’, ‘सुराज्य संहिता’ को निर्देशन गर्नुभएको छ । उहाँले सन् २०२२ मा प्रदर्शन भएको भारतीय चलचित्र ‘राम सेतु’ मा अभिनेता अक्षय कुमारसँग निर्माणमा सहकार्य गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नमोबुद्धलाई विश्व सम्पदामा सूचीकृत गर्न प्रक्रिया सुरु

नमोबुद्धलाई विश्व सम्पदामा सूचीकृत गर्न प्रक्रिया सुरु

अनुशासन (बालकथा)

अनुशासन (बालकथा)

राष्ट्रपति पौडेल गणतन्त्र समारोहमा सरिक

राष्ट्रपति पौडेल गणतन्त्र समारोहमा सरिक

गणतन्त्र सुदृढ तुल्याउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

गणतन्त्र सुदृढ तुल्याउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री चौधरी

तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री चौधरी

युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद

युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद

भर्खरै प्रकाशित

नमोबुद्धलाई विश्व सम्पदामा सूचीकृत गर्न प्रक्रिया सुरु

नमोबुद्धलाई विश्व सम्पदामा सूचीकृत गर्न प्रक्रिया सुरु

अनुशासन (बालकथा)

अनुशासन (बालकथा)

राष्ट्रपति पौडेल गणतन्त्र समारोहमा सरिक

राष्ट्रपति पौडेल गणतन्त्र समारोहमा सरिक

गणतन्त्र सुदृढ तुल्याउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

गणतन्त्र सुदृढ तुल्याउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री चौधरी

तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री चौधरी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि