Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अदालतमा हाजिर हुन पूर्वअमेरिकी राष्ट्रपति ट्रम्प न्युयोर्कमा


अदालतमा हाजिर हुन पूर्वअमेरिकी राष्ट्रपति ट्रम्प न्युयोर्कमा

न्युयोर्क, चैत २१ गते । आफूमाथि लागेको फौजदारी आरोपको सामना गर्न पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फ्लोरिडाबाट न्युयोर्क आइपुग्नु भएको छ । यहाँस्थित आफ्नो व्यावसायिक भवनमा उहाँले वकिलहरूसँग परामर्श गरिरहनुभएको छ ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि अश्लील चलचित्रकी एक जना नायिकसँग यौनसम्पर्क गरेको र त्यसलाई दबाउन राष्ट्रपतिका प्रत्याशी ट्रम्पले उनलाई एक लाख ३० हजार अमेरिकी डलर दिएको अभियोग लगाइएको छ । पूर्वराष्ट्रपति ट्रम्पले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आउनुभएको छ । नायिका स्टर्मी डेनियलले भने आफूसँग सन् २००६ मा ट्रम्पले यौन सम्बन्ध कायम गरेको र त्यसलाई गोप्य राख्न रकम दिएको दाबी गरेकी छन् ।

पूर्वराष्ट्रपतिको सुरक्षाका निम्ति गुप्तचर सेवाका अधिकारीले विशेष तयारी गरेका छन् भने अन्य सुरक्षा निकायले पनि म्यानहाटनस्थित अदालत बाहिर सम्भावित विरोध प्रदर्शनसमेतलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारेका छन् । उक्त अदालततर्फ जाने पैदलयात्री मार्गमा तगारा लगाइएका छन् ।

पूर्वराष्ट्रपति ट्रम्पलाई सङ्घीय जाँच ब्युरो (एफबिआई), न्युयार्क महानगरको कानुन कार्यान्वयन गराउने निकाय र अमेरिकाको सिक्रेट सर्भिसले सम्बद्ध निकायसँग समन्वय गरेका छन् ।

अभियोग सामना गर्न अदालतमा उपस्थित भएपछि पूर्वराष्ट्रपति ट्रम्पले आफू निर्दोष रहेको बताउनुहुने उहाँका वकिलहरूले बताएका छन् । त्यसअघि उहाँको औँठाछाप लिने, तस्बिर खिच्नेलगायत प्रहरीबाट हुने अदालती प्रक्रिया पूरा गरिनेछ । यद्यपि उहाँलाई हतकडी लगाइने छैन । अदालतमा उहाँलाई औपचारिकरूपमा अभियोग लगाइएपछि न्युयोर्क सिटी अदालतका एक जना न्यायाधीशले उहाँमाथि लगाइएका अभियोगबारे जानकारी दिनुहुनेछ ।

पूर्वराष्ट्रपति ट्रम्पविरुद्धको मुद्दाको सुनुवाइ कहिले हुन्छ भन्ने स्पष्ट भएको छैन भने मुद्दा दर्तापछि चुनिने न्यायाधीशबाट अन्य विवरण प्राप्त हुनसक्नेछ । बुधबार अदालतले उहाँलाई धरौटीमा रिहा गर्ने अनुमान गरिएको छ ।

वर्षौँको अनुसन्धानपछि म्यानहाटनको ग्रान्ड जुरीले गत साता उहाँलाई फौजदारी अभियोग लगाएको थियो । ट्रम्पले केही साताअघि आफू पक्राउ पर्नसक्ने बताउनुभएको थियो । अन्ततः पक्राउबाट जोगिन उहाँ अदालतसमक्ष आत्मसमर्पण गर्ने निष्कर्षमा पुग्नु भएको छ । म्यानहाटनस्थित सरकारी वकिलको कार्यालयले पूर्वराष्ट्रपतिको आत्मसमर्पणको सहजीकरणको निम्ति उहाँका वकिलसँग सम्पर्क एवम् समन्वय गरेका थिए ।

अमेरिकाको इतिहासमा पूर्वराष्ट्रपतिलाई फौजदारी अभियोग लागेको यो पहिलो घटना हो । ७६ वर्षीय ट्रम्पले म्यानहाटन जिल्ला अधिवक्ता एल्भिन ब्रागको कार्यालयमा आत्मसमर्पण गरेपछि अदालतमा उपस्थित गराइने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्वाचन कार्यालय खारेज नगर्न सत्तारूढसहित १२ दल एकमत

निर्वाचन कार्यालय खारेज नगर्न सत्तारूढसहित १२ दल एकमत

पहाडी क्षेत्र र काठमाडौं उपत्यकामा चर्को महँगी

पहाडी क्षेत्र र काठमाडौं उपत्यकामा चर्को महँगी

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक बस्दै

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौंमा थप ६२ जनामा दादुरासँग मिल्दाजुल्दा लक्षण

काठमाडौंमा थप ६२ जनामा दादुरासँग मिल्दाजुल्दा लक्षण

सुरु भयो चीन–काठमाडौँ दैनिक उडान

सुरु भयो चीन–काठमाडौँ दैनिक उडान

खडेरीले बीउ सुक्यो, रोपाइँँ प्रभावित

खडेरीले बीउ सुक्यो, रोपाइँँ प्रभावित

भर्खरै प्रकाशित

निर्वाचन कार्यालय खारेज नगर्न सत्तारूढसहित १२ दल एकमत

निर्वाचन कार्यालय खारेज नगर्न सत्तारूढसहित १२ दल एकमत

पहाडी क्षेत्र र काठमाडौं उपत्यकामा चर्को महँगी

पहाडी क्षेत्र र काठमाडौं उपत्यकामा चर्को महँगी

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक बस्दै

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौंमा थप ६२ जनामा दादुरासँग मिल्दाजुल्दा लक्षण

काठमाडौंमा थप ६२ जनामा दादुरासँग मिल्दाजुल्दा लक्षण

सुरु भयो चीन–काठमाडौँ दैनिक उडान

सुरु भयो चीन–काठमाडौँ दैनिक उडान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि