Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

रवि लामिछाने हिजोको जस्तो नयाँ दुलही होइनन्, जितनारायणले नै जित्छन्ः माओवादी नेता


रवि लामिछाने हिजोको जस्तो नयाँ दुलही होइनन्, जितनारायणले नै जित्छन्ः माओवादी नेता

काठमाडौं, २२ चैत । नेकपा (माओवादी केन्द्र) का नेता एवं राष्ट्रिय सभाका सांसद नारायणप्रसाद दाहालले चितवन २ मा गठबन्धनका उम्मेदवारको विजय सुनिश्चित भएको बताएका छन् ।
‘चितवन २ मा पहिले रवि लामिछाने नेपालको राजनीतिमा नयाँ दुलही भएर घर भित्रिएको जस्तो थियो । अहिले दुलही भएर आएकै घरमा क्रेज छैन । एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने आफूलाई माडीको भन्ने गर्छन् । अरुलाई टुरिस्ट उम्मेदवार भन्ने गरेकाले उहाँलाई अहिले अप्ठ्यारो परेको छ । हाम्रो गठबन्धनको उम्मेदवार जितनारायण श्रेष्ठ हो । सबैभन्दा बढी मत गठबन्धनको उम्मेदवारकै आउँछ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै दाहालले भने ।
रवि लामिछाने सिसै सिसाको घरमा बसेर अरुको झ्यालमा ढुंगा हान्ने नेता भएको आरोप पनि उनले लगाए । दाहालले थपे, ‘म हार्छु, मलाई भोट नदिए पनि हुन्छ भन्ने उम्मेदवार त को छ र दुनियाँमा ? रविजीले जित्छु भन्नु कुन नौलो कुरा भयो र ? हिजो त्यत्रो मत ल्याएर जितेकै हो । उहाँ सत्ताकेन्द्रित राजनीति गर्नुहुन्छ । उहाँ आफू सिसैसिसाको घरमा बसेर अर्काको झ्यालमा ढुंगा हान्न सुहाउँदैन ‘।
गत निर्वाचनमा दिएको अभिव्यक्तिले केही अप्ठ्यारो परे पनि जितनारायण श्रेष्ठकै जित हुने उनले औंल्याए । दाहालले भने, ‘जितनारायणजी युवा नेता हुनुहुन्छ । उहाँ हिजो पार्टी सभापति हुनुहुन्थ्यो । उहाँका केही सीमा पनि छन् । उहाँका हिजोका केही अभिव्यक्तिले अप्ठ्यारो पारे पनि म जित्ने सम्भावना देख्छु । माओवादी पार्टी केन्द्रले निर्णय गरेपछि प्रतिबद्ध भएर लाग्छ । माओवादीको सबै मत कांग्रेसलाई जान्छ । नेपाली कांग्रेसलाई पनि यसको चेत पस्नुपर्छ ।’
अहिलेको अवस्थामा गठबन्धन अपरिहार्य आवश्यकता भएको उनको टिप्पणी छ । दाहालले भने, ‘सदन र पूर्वमा हिजोका भूतहरु जाग्न खोजेका छन् । स्यालहरु र्‍याल काढेर बसेका छन् । त्यसैले सकेसम्म गठबन्धन सुदृढ बनाउने कुरा हो । हामी त्यसमा लाग्छौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलबस्तुलाई फेरी असार भित्र साक्षर जिल्ला घोषणा गर्ने अर्को प्रतिबद्धता

कपिलबस्तुलाई फेरी असार भित्र साक्षर जिल्ला घोषणा गर्ने अर्को प्रतिबद्धता

१५९ कृषकलाई बुद्धभुमीद्धारा बिभिन्न चार प्रकारका यान्त्रिक सामाग्री

१५९ कृषकलाई बुद्धभुमीद्धारा बिभिन्न चार प्रकारका यान्त्रिक सामाग्री

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

वित्तीय साक्षरता कक्षाको अनुगमन

वित्तीय साक्षरता कक्षाको अनुगमन

स्याङ्जामा जिल्ला समन्वय समितिको गाडी दुर्घटना हुँदा १ जनाकाे ज्यान गयाे

स्याङ्जामा जिल्ला समन्वय समितिको गाडी दुर्घटना हुँदा १ जनाकाे ज्यान गयाे

लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन शुक्रबारदेखि

शुक्रबार लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम

भर्खरै प्रकाशित

आज जेठ २६ गते शुक्रबार: यस्तो छ तपाईको राशिफल

आज जेठ २६ गते शुक्रबार: यस्तो छ तपाईको राशिफल

कपिलबस्तुलाई फेरी असार भित्र साक्षर जिल्ला घोषणा गर्ने अर्को प्रतिबद्धता

कपिलबस्तुलाई फेरी असार भित्र साक्षर जिल्ला घोषणा गर्ने अर्को प्रतिबद्धता

१५९ कृषकलाई बुद्धभुमीद्धारा बिभिन्न चार प्रकारका यान्त्रिक सामाग्री

१५९ कृषकलाई बुद्धभुमीद्धारा बिभिन्न चार प्रकारका यान्त्रिक सामाग्री

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

सामुदायिक विद्यालयमा भर्ना पाउनै मुस्किल

सामुदायिक विद्यालयमा भर्ना पाउनै मुस्किल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि