Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विद्यार्थी खोज्न घरदैलो अभियान

Author Avatar साझा न्यूज 5th April 2023 , 1:01 PM
विद्यार्थी खोज्न घरदैलो अभियान

दोधारा चाँदनी, २२ चैत । कञ्चनपुरका सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न घरदैलो अभियान चलाएका छन् । यहाँको सबैभन्दा पुरानो विद्यालय बैजनाथ, महेन्द्रनगर माध्यमिक विद्यालय कटान, भृकुटी माध्यमिक विद्यालय महेन्द्रनगरलगायत जिल्लाका अन्य थुप्रै साुमदायिक विद्यालयले विद्यार्थी भर्नाका लागि घरदैलो अभियान सञ्चालन गरेका छन् ।

विभिन्न नयाँ योजना लगेर सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित गर्न अभिभावकको घरदैलोमा पुग्ने गरेका छन् । भृकुटी माध्यमिक विद्यालयकी शिक्षिका विमला भट्टले विद्यार्थीलाई आफ्नो विद्यालयमा भर्ना गराउन शिक्षिक–शिक्षिका अभिभावको घरदैलोमा पुग्ने गरेको बताए ।

“हामीले यसपटक नयाँ भर्ना हुने विद्यार्थीलाई निःशुल्क पोशाक र झोला उपलब्ध गराउँदैछौँ”, उनले भने, “अभिभावकलाई विद्यालयको गुणस्तरीय शिक्षाका बारेमा जानकारी दिँदै भर्ना गर्न आग्रह गरिरहेका छौँ ।” उनले सामुदायिक विद्यालयमा अध्ययन गर्दा न्यून शुल्कमा गुणस्तरीय शिक्षा आर्जन गर्न सकिने बताए । “नयाँ विद्यार्थी थप गर्ने लक्ष्य छ”, भट्टले भने, “त्यसैले घर–घरमै पुगिरहेका छौँ ।”

महेन्द्रनगर माध्यमिक विद्यालयले पनि घर–घरमै पुगेर विद्यार्थी भर्ना अभियान चलाएको छ । विद्यालयका शिक्षक नवराज जोशीले विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षक–शिक्षिका विद्यार्थी भर्ना अभियानमा जुटेको बताए । “नर्सरी र कक्षा १ मा अङ्ग्रेजी माध्यमबाट समेत निःशुल्क पठनपाठन गर्न लागेका छौँ”, उनले भने । हाल कक्षा १० सम्म विद्यालयमा तीन सय ८५ विद्यार्थी रहेकामा यस वर्ष पाँच सय विद्यार्थी पु¥याउने लक्ष्यका साथ विद्यार्थी भर्ना अभियान थालेको उनको भनाइ छ ।

“कक्षा ८ सम्म सरकारले विद्यार्थीका लागि दिवाखाजाको व्यवस्था गरेको छ”, जोशीले भने, “साुमदायिक विद्यालयमा छात्रवृत्तिलगायतका थुुप्रै सुविधा छन्, यहाँ भर्ना हुँदा विद्यार्थीले न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्राप्त गर्छन् ।” उनले टोल–टोलमा पुगेर बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्न आग्रह गरिरहेको बताए ।

जिल्लाको सबैभन्दा पुरानो विद्यालय बैजनाथ माविले पनि विद्यार्थी भर्ना अभियान सञ्चालन गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युत कलौनीले जानकारी दिए । “नर्सरीदेखि कक्षा ९ सम्म नै अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने तयारी थालेका छौँ”, उनले भने, “विद्यालयको गुणस्तर वृद्धि गर्दै विद्यार्थीलाई आकर्षित गर्ने योजना बनाएका छौँ ।” हाल यो विद्यालयमा एक हजार विद्यार्थी अध्ययनरत छन् । सरकारले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि दिवाखाजालगायत सेवा सुविधा उपलब्ध गराए पनि सामुदायिक विद्यालयमा न्यून विद्यार्थी भर्ना हुने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बाल विकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण तालिम

बाल विकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण तालिम

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

दुई हजार २५१ किशोरीलाई एचपिभी खोप लगाइँदै

दुई हजार २५१ किशोरीलाई एचपिभी खोप लगाइँदै

गुल्मीमा एक वर्षमै ४१ हजारभन्दा बढीको आँखा परीक्षण

गुल्मीमा एक वर्षमै ४१ हजारभन्दा बढीको आँखा परीक्षण

कपिलवस्तुमा निःशुल्क आँखा जाँच शिविर: ९० बढी नागरिकले लिए सेवा

कपिलवस्तुमा निःशुल्क आँखा जाँच शिविर: ९० बढी नागरिकले लिए सेवा

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

भर्खरै प्रकाशित

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

लोप हुँदै भटमासखेती

लोप हुँदै भटमासखेती

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

निर्वाचन आयोगका सचिव काप्रीले सम्हाले पद

निर्वाचन आयोगका सचिव काप्रीले सम्हाले पद

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज