Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

दुनै बजारलाई सुन्दर बनाउन भेरी नदी सरसफाइ अभियान

Author Avatar साझा न्यूज 9th April 2023 , 12:56 PM
दुनै बजारलाई सुन्दर बनाउन भेरी नदी सरसफाइ अभियान

डोल्पा,चैत २६ गते । सदियौं वर्षदेखि भेरी नदीमा चाङ लागेको फोहोर नगरपालिकाको सक्रियतामा उठाउने कार्यको थालनी गरिएको छ ।

भेरी नदीलाई फोहोर फाल्ने डम्पिङ साइटको रुपमा लिएका दुनैका ब्यवसायी र स्थानीयले फ्याँकेको फोहोरले दुनै बजार दिनप्रतिदिन कुरुप बन्दै गएको थियो ।

भेरी नदीको शालिनतासँगै प्राकृतिक सुन्दरताको माझमा रहेको दुनै बजारलाई स्वच्छतामा परिणत गरी सुन्दर दुनै बजार बनाउने उद्देश्यले सातामा दुई पटक सरसफाइ गरिने गरी भेरी नदी सरसफाइ अभियान नगरले थालेको हो ।

नगरप्रमुख सुवर्णकुमार बुढाको नेतृत्वमा नेपाल प्रहरी सशस्त्र प्रहरी नेपाली सेना सामाजिक अभियन्ता र नगर कर्मचारीहरुले भेरी नदीको फोहोर उठाउने कार्यको थालनी गरेका हुन् ।

दुनै बजारको बीच भाग भएर बग्ने भेरी नदीको दुबै तर्फ बनेका घरका शौचालयको सेप्टी ट्याङकीको पाइप सिधै नदीमा जाने गरेको र ब्यवसायीहरुले समेत फोहोर नदीमा नै फ्याक्ने गरेकाले दुनै बजार कुरुप बन्दै आएको छ ।

भेरी नदी सरसफाइका साथै अब्यवस्थित ढल निकास ब्यवस्थापनको लागि नगरले एक दिन मात्र सरसफाइ गरेर दुनै बजार फोहोरवाट मुक्त नहुने भएकाले सरसफाइ अभियानलाई निरन्तरता दिनु पर्नेमा सामाजिक अभियन्ता योगेन्द्र बुढाले जोड दिनुभयो ।

नगरले थालेको यो अभियानमा स्थानीयको संलग्नता नरहेसम्म पाहुनाको रुपमा सहभागीहरुले एक दिन गरेको सरसफाइले दुनै बजार र भेरी नदी स्वच्छ बन्न नसक्ने अभियन्ता बुढाले बताउनुभयो ।

नगरलाई नै सरसफाइले स्वच्छ सुन्दर बनाउन टोल टोलमा सरसफाइ समिति गठन गरी गाउँटोलमा रहेका आमा समूह बाल क्लब, युवा क्लब समेतलाई संलग्न गराई सबै नागरिकलाई सरसफाइ सम्बन्धि सचेतना जगाउने ‘मेरो घर मेरो टोल’, ‘मेरो गाउँ, स्वच्छ सुन्दर र हराभरा बनाऔँ’ भन्ने अभियानलाई पहिलो प्राथमिकतामा राखेर नगरले कामको थालनी गरेको प्रमुख प्रशासकीय अधिकृत बासुदेव लम्सालले बताउनुभयो ।

दुनै र जुफाल बजारका ब्यवसायी र स्थानीयले समेत कुहिने र नकुहिने फोहोर पहिचान गरी छुट्याएर राख्नु पर्ने र नगरको ट्रयाक्टरले उठाएर दुनैस्थित धुपिचौर भन्ने स्थानमा ब्यवस्थापन गर्ने समेत प्रमुख प्रशासकीय अधिकृत लम्सालले जानकारी दिनुभयो ।

नगर प्रमुख बुढाले नगरले चालेको सरसफाइको अभियानलाई सबै स्थानीय र ब्यवसायीले साथ दिनु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सबैले आ–आफ्नो इलाकामा फोहोर जम्मा गरी राख्न र नगरको सवारीसाधनले फोहोर उठाउने भएकाले नगरको अभियानलाई साथ दिएर सहयोग गर्न अनुरोध गरिएको आ–आफ्नो क्षेत्रमा गरिएको फोहोर उठाउन भेरी नदीमा ढल निकास हुने गरी बनाइएका शौचालयका पाइपहरु सम्बन्धित घरधनीलाई हटाउन ३५ दिने सूचना जारी गरेका छाैँ।’

ठूलिभेरी नगरपालिकाले भेरीनदीमाथि जथाभावी निकास गरिएका ढलनिकासको ब्यवस्थापन र फोहोरको ब्यवस्थापनका लागि बाईस लाखको लागतमा ट्रयाक्टर खरिद गरेर सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाको सूचनालाई अटेर गरी आफूखुसी फोहोर फाले र ढलनिकास ब्यवस्थापन नगरे कानुनी कारवाही गरिने समेत नगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज