जाजरकोटको छेडागाड नगरपालिका–६ र जुनिचाँदे गाउँपालिका –४ को बीचमा रहेको कालीखोलामा पुल निर्माण नहुँदा तुइनको सहयोगमा खोला तर्दै स्थानीय । यहाँ मोटरेवल पुल निर्माणका लागि दुइ वर्षअघि ठेक्का लागे पनि ठेक्का पाएको कम्पनीले निर्माण कार्य गरेको छैन ।
सरकारले देशभरका खोलालाई तुइनमुक्त बनाउने घोषणा गरे पनि सो अनुसार अझै काम हुन सकेको छैन । जसका कारण अझै पनि सर्वसाधरण नागरिकले खोला तर्न जोखिम मोल्दै आएका छन् ।