हेटौँडा, चैत २८ गते । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षासम्बन्धी ऐन ल्याएको लामो समयपछि प्रदेश उच्च शिक्षा नियमावली २०७९ ल्याएको छ ।
बागमती प्रदेश सरकारको मङ्गलबार यहाँ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा नियमावली २०७९ स्वीकृत गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवं प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले मन्त्रिपरिषद् बैठकले प्रदेश सञ्चार माध्यम व्यवस्थापन (चौथो संशोधन) नियमावली स्वीकृत गरेको जानकारी दिनुभयो ।
साथै, प्रदेश चिठ्ठा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ स्वीकृतिसँगै प्रदेश सभामा पेश गर्न अनुमति दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।