Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विकासले दिएको पीडा : घरबारविहीन बने केमबहादुर

Author Avatar साझा न्यूज 16th April 2023 , 1:13 PM
विकासले दिएको पीडा : घरबारविहीन बने केमबहादुर

गुल्मी । रिडी– खर्ज्याङ-बलकोट सडक खण्ड विस्तारको काम हुँदैछ । सडक पीच हुने भएपछि उक्त सडक उपभोग गर्नेहरू खुसी छन् । धेरैलाई खुसी दिएको सडकले केहीलाई असह्य पीडा पनि दिएको छ । घरबार विहीन नै बनाइदिएको छ ।

सडककै कारण उठीबास हुनेमा गुल्मीको छत्रकोट गाउँपालिका वडा नं. ६ का केम बहादुर नेपाली छन् । सडक निर्माण हुँदै गर्दा नेपालीले २०५७ सालमा ५ लाख रुपैयाँ खर्च गरेर बनाएको घर भत्किएको छ । २०४९ सालमा रिडी-खर्ज्याङ-बलकोट सडकको ट्र्याक खोल्ने क्रममा आफैँ खन्न गएको बाटोले घरबार विहीन नै बनाउँछ भन्ने उनले कल्पना पनि गरेका थिएनन् । ‘गाउँमा बाटो आउला र सुख पाउँला भनेर बाटो खन्न गइयो । अहिले त्यही बाटोले घर खाइदियो,’ उनले भने ।

घर तलबाट बाटो खनिएका अन्यको जस्तै हो उनको पीडा पनि । ट्र्याक खोलेसँगै प्रत्येक वर्षको वर्षामा कति बेला घर पहिरोले लैजान्छ भन्ने चिन्ताले नेपालीलाई सधैँ सताई रहन्थ्यो । २०४८ सालबाट ट्र्याक खोल्ने काम सुरु भएको उक्त सडकले पूर्णता भने २०५१ सालमा पाएको थियो ।

सडक निर्माणसँगै जोखिममा परेको घर अहिले विस्तार गर्ने क्रममा भत्किएको हो । घर भत्किएपछि उनी श्रीमतीसँगै छोराको छाप्रोमा बस्दै आएका छन् । उनका तीन छोरा र दुई छोरी छन् । छोराहरू कमाउन भारत गएका छन् भने छोरीहरूको विवाह भइसकेको छ । ‘छोरा छोरी लाखापाखा लागि सके । छुट्टिँदा घर हामी बूढाबूढीलाई परेको थियो । अहिले भत्कियो ।’ नेपालीले भने, ‘अब भोलि के हुन्छ ? थाहा छैन ? बिचल्लीमा परेकालाई हेर्छ कसले ?’

नेपालीको मात्रै होइन सडक विस्तारका क्रममा अन्य करिब एक सय घरमा क्षति पुग्ने अनुमान गरिएको छ । छत्रकोट गाउँपालिका वडा नं. ६ का सदस्य सन्तोष ढकालका अनुसार सडक निर्माणको काम गरिरहेको सगुन कन्स्ट्रक्सन, मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मी र पालिकाका जनप्रतिनिधिहरूको रोहवरमा घरमा क्षति पुगेकालाई क्षतिपूर्ति दिलाउने गरी काम भइरहेको बताए । उनले भने, ‘फाइलहरू पेस भएको छ । टहरो बनाउन वडाले सहयोग गर्ने छ ।’

छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेयले घरमा क्षति पुगेकालाई पालिकाले सहयोग गर्ने बताए । ‘पालिकाले जनता आवास अन्तर्गत ७५ हजार रुपैयाँसम्म सहयोग गर्छ,’ उनले भने, ‘विपद्मा परेकाहरूलाई पालिकाले अवस्था हेरिकन ५० हजार रुपैयाँको आसपासमा सहयोग गर्न सक्छ । यसमा कार्यपालिकाबाट निर्णय हुन्छ ।’ सडक निर्माण र विस्तारका क्रममा केही घरमा भएको उनले जानकारी दिए । मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मी, जिल्ला प्रशासन कार्यालय र गाउँपालिका बीच छलफल गरेर  आवश्यक सहयोग गरिने उनले बताए ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका अनुसार सडक विस्तारका क्रम क्षति पुग्ने घरहरूको लगत सङ्कलन गर्ने काम भइरहेको छ । कार्यालयका सूचना अधिकारी इ. वीरेन्द्र प्रकाश गुप्ताका अनुसार बस्ती भएका  स्थानमा काम सुरु भएको छ । उनले भने, ‘क्षति हुने घरको तथ्याङ्क निकाल्ने काम भइरहेको छ । क्षति हुनेले क्षतिपूर्ति पाउनु पर्छ भन्ने हाम्रो मनसाय छ । नागरिकलाई मार पर्ने गरी काम गर्दैनौँ ।’

रिडी– खज्र्याङ– बलकोट सडक खण्डको २७.६७ किमी पीच हुन लागेको हो । सडक ९ मिटर चौडा गर्न लागिएको छ । ९८ करोड ५८ लाख ३४ हजार ३ सय ९५ रुपैयाँमा सडक निर्माणका लागि २०७८ असार २७ मा सगुन कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो । २०८० चैत २६ मा सम्पन्न गर्ने गरी काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज