काठमाडौँ । सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बिहीबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १० हजार र तेजाबी सुनको मूल्य १ लाख ९ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
३० चैत २०७९ मा छापावाल सुनको प्रतितोला मूल्य १ लाख १० हजार ८ सय र तेजाबी सुनको मूल्य १ लाख १० हजार २५० रुपैयाँ तोकिएको थियो ।
चाँदीको कारोबार भने ३० चैत २०७९ कै मूल्यमा (प्रतितोला १ हजार ४५० रुपैयाँ) भइरहेको छ ।