Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्र सम्पन्न गराउन माग

Author Avatar साझा न्यूज 17th April 2023 , 1:10 PM
सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्र सम्पन्न गराउन माग

खोटाङ । जिल्ला समन्वय समिति खोटाङले मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्र तत्काल सम्पन्न गराउन भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएको छ ।

पटक–पटक अनुरोध गर्दा र दबाब दिँदा पनि ठेकेदारले सेखुवा–चखेवाभञ्ज्याङ (१० किलोमिटर) सडकखण्ड कालोपत्रको काम नगरेको जनाउँदै जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले आइतबार मन्त्री ज्वालालाई सिंहदरबारस्थित उनको कार्यकक्षमै ध्यानाकर्षण पत्र बुझाउँँदै अवरुद्ध सडक कालोपत्रको काम तत्काल सम्पन्न गर्ने वातावरण बनाउन आग्रह गरेका हुन् ।

ठेकेदारलाई धेरै पटक अनुरोध र दबाब दिँदा पनि काम नभएपछि मन्त्रालयमै पुगेर मन्त्रीलाई ध्यानाकर्षणपत्रमा बुझाउन बाध्य हुनु परेको समन्वय प्रमुख राईले बताए । ‘मन्त्री ज्यूलाई कार्यकक्षमै भेटेर अवरुद्ध कालोपत्रको काम सम्पन्न गरी यातायात सञ्चालन गर्ने व्यवस्था गरिदिन अनुरोध गरिएको छ । ठेक्का लागेको पाँच वर्ष बित्दासमेत भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिशाही जेभीले सडक कालोपत्रको काम सम्पन्न गर्न सकेको छैन’, उनले भने, ‘ठेकेदारले गत चैत पहिलो साताबाट डिबिएसटीको काम सुरु गर्ने र वैशाख मसान्तसम्ममा डिबिएसटीको काम सम्पन्न गर्नेलगायतका प्रतिबद्धता जनाएका थिए तर, उसले आफ्नो सेड्युलअनुसार काम नगरेपछि मन्त्री ज्यूलाई भेटेर ध्यानाकार्षणपत्र बुझाएका छौँ । उहाँले चासो देखाउनु भएको छ ।’

जिल्ला समन्वय समितिले खोटाङको ‘लाइफलाइन’ का रुपमा रहेको दिक्तेल–गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार सडक कालोपत्रको काम यथाशीघ्र सम्पन्न गराउनका लागि समेत पहल गर्न मन्त्रीसमक्ष माग आग्रह गरेको छ । महुरे–फोक्सिङटार सडकको महुरे–राजापानीको सिम्पानी (२२ किलोमिटर) सडकखण्ड कालोपत्रको काम भारत कन्ट्रक्सन–सिद्धीशाही र सिम्पानी भञ्ज्याङ–फोक्सिङटार सडकखण्ड (२७ किलोमिटर) कालोपत्रको काम देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीले गरिरहेको छ ।

सगरमाथा राजमार्गअन्तर्गत पर्ने उक्त दुवै सडकखण्डको काम प्रगति निरासाजनक छ । महुरे–सिम्पानी (राजापानी) सडक निर्माणको ठेक्का लिएको भारत कन्ट्रक्सन-सिद्धीशाही निर्माणस्थलमा रहेका गाडी, क्रसर मेसिन उठाएर हिँडिसकेको छ ।

गत पुस अन्तिम सातादेखि निर्माणस्थलबाट उपकरण उठाएर अन्यत्र लैजान थालेको निर्माण कम्पनीले गत माघ ४ गते क्रसरको सामान उठाएर लगेको स्थानीय बासिन्दाले बताएका छन् । ठेकेदार कम्पनीले अलपत्र पारेको उक्त सडक कहिले, कसले कालोपत्र सम्पन्न गर्ने भन्ने अन्यौल सिर्जना भएको छ ।

सडक कालोपत्रको काममा चरम ढिलासुस्ती भएको, भएका काम पनि गुणस्तरहीन भएको र त्यहाँ कार्यरत कामदारले वर्षौंसम्म पनि पारिश्रमिक नपाएको विरोधमा स्थानीय बासिन्दाले विसं २०७६ पुस २० गतेदेखि महिना दिन उक्त सडकको काम ठप्प बनाएका थिए । उक्त सडक कालोपत्रको काममा सहभागी स्थानीय कामदारले अझै पनि पारिश्रमिक तथा होटल र पसलको भुक्तानी पाउन बाँकी रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका वडाध्यक्ष दिनेश राईले बताएका छन् ।

महुरे–फोक्सिङटार सडक कालोपत्रको काममा गुणस्तरको विषयमा समेत आवाज उठ्ने गरेको छ । करिब एक सय ३४ किलोमिटर लामो दिक्तेल–गाईघाट सडकखण्डको गाईघाटबाट महुरेसम्म एक सय एक किलोमिटर सडकखण्ड कालोपत्रका लागि रु दुई अर्ब ६८ करोडको लगानीमा सम्पन्न हुने जनाइएको छ ।

निर्माण गरेर सञ्चालनमा आएको २३ वर्षपछि कालोपत्रको काम थालिएको महुरे–फोक्सिङटार सडक अहिले हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुँदा पटक–पटक अवरुद्ध हुँदै आएको छ । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले विसं २०५१ मा शिलान्यास गरेको उक्त दिक्तेल–गाईघाट सडक जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज