Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मातातीर्थ मेलाका लागि तयारी पूरा

Author Avatar साझा न्यूज 17th April 2023 , 3:27 PM
मातातीर्थ मेलाका लागि तयारी पूरा

काठमाडौं, वैशाख ४ गते । आमाको मुख हेर्ने औँसीका दिन चन्द्रागिरि नगरपालिकाको मातातीर्थ मन्दिरमा लाग्ने मेलाका लागि सम्पूर्ण तयारी पूरा गरिएको छ ।

यही वैशाख ७ गते वैशाख कृष्णपक्ष औँसीका दिन चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा गएर कुण्डमा स्नान र पूजा गर्ने गरिन्छ । मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले मातातीर्थ मेला सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेर काम गरिएको बताउनुभयो । उहाँका अनुसार मेला सम्पन्न गर्न मूल समिति, बजार व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति, पार्किङ व्यवस्थापन उपसमिति, ज्येष्ठ नागरिक दर्शन उपसमिति बनाएर काम गरिएको छ ।

वैशाख ६ गते साँझ बत्ती बाल्ने र भोलिपल्ट औँसीका दिनमा आमाको मुख हेर्ने तथा स्नान गर्ने भएकाले अघिल्लो दिनदेखि नै सोही क्षेत्रमा मेला लाग्ने अध्यक्ष उदासले बताउनुभयो । यसपटक मेला भर्न पाँच लाखभन्दा बढी व्यक्तिले मेला भर्ने आयोजकको अनुमान छ । सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्त्विक महत्त्वको मातातीर्थ कुण्डमा पछिल्लो पटक श्राद्ध गर्नेको सङ्ख्या समेत बढ्दै गएको छ ।

दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औँसीमा ठूलो मेला लाग्दै आएको चन्द्रागिरि नगरपालिका–८ मातातीर्थ कुण्डमा पछिल्लो समय श्राद्ध गर्न जानेको सङ्ख्या पनि बढ्दै गएको हो । मातातीर्थ कुण्डमा दर्शन गरेमा आमा दिवङ्गत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाटमुक्त हुने विश्वास गरिन्छ । मातातीर्थमा पछिल्लो समय आमाको श्राद्ध गर्न आउनेको सङ्ख्या बढेको मन्दिरका पुजारी फणीन्द्र अधिकारीले बताउनुभयो ।

“काठमाडौंमा कोठा भाडामा लिएर बस्ने तथा नजिक घर भएका व्यक्ति आमाको श्राद्धका लागि मातातीर्थ कुण्ड आउने गरेका छन्, यहाँ दैनिक आठ/दश जना श्राद्ध गर्न आउने गर्छन्,” उहाँले भन्नुभयो ।

संस्थाका अध्यक्ष उदासले आमालाई श्रद्धाभाव गरी पछिल्लो समय मातातीर्थ कुण्डको दर्शन गर्न आउने भक्तजनको सङ्ख्या वृद्धि भएको बताउनुभयो ।

“दर्शनसँगै यहाँ वार्षिक श्राद्ध गर्न आउनेको सङ्ख्यासमेत बढ्दै गएको छ तर यहाँको विकासका लागि स्थानीय सरकार र केन्द्रीय सरकारले कुनै सहयोग नगरेको उहाँले गुनासो गर्नुभयो ।

“मातातीर्थ क्षेत्रको एकीकृत विकासका लागि फर्नपार्क, पिकनिक स्पट र कुण्डभन्दा ८०० मिटरमाथि आमाको स्वर्गद्वारी निर्माणको कामलाई अगाडि बढाएका छौँ,” उहाँले भन्नुभयो ।

सोही संस्थाले आमाको स्वर्गद्वारी क्षेत्रमा एक सय १३ फिटको ढुङ्गाको मूर्ति निर्माण गर्न लागेको छ । मातातीर्थ क्षेत्रमा असार, साउन र भदौ महिनामा अत्यधिक पानी हुने र चैत, वैशाख, जेठमा पानी सुक्ने भएकाले पानी व्यवस्थापनका लागि रिजर्भ ट्याङ्की निर्माण गर्नेबारे छलफल भइरहेको उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज