कपिलवस्तु ४ बैशाख
कपिलवस्तुमा एएचएफ नेपालले एचआईभि संक्रमितलाई थप ५ बर्ष सेवा दिने जनाइएको छ । एएचएफ नेपालले सरोकारवालाको तौलिहवामा राखेको बैठकमा परियोजनाका प्रदेश संयोजक धर्मराज भट्टराईले सो कुरा बताएका हुन । उनले कपिलवस्तु अस्पतालमा रहेको एआरटि सेन्टर मार्फत एचआईभि संक्रमितलाई आगामी ५ बर्ष सम्म थप सहयोग गरिने बताए ।
लुकेका संक्रमित पत्ता लगाउने, उपचारमा पहुच बढाउने र संक्रमितहरुको गुणस्तरीय जिवन यापनका लागि परयोजना केन्द्रित रहेको उनले बताए । परियोजनाको कुल लागत १ करोड ७ लाख छ । कार्यक्रममा परियोजना बारे छलफल गरी एचआईभि संक्रमितको उपचार लगायतका सेवाको पहुच बढाउन सबैले पहल गर्नु पर्नेमा जोड दिइएको थियो ।
स्वास्थ्य कार्यालयका एचआईभि फोकल पर्सन मोहम्मद ईरफानले जिल्लामा कुल ४ सय ६ सकृय संक्रमित रहेको भन्दै उनीहरुको उपचारमा आफुहरुले ध्यान केन्द्रित गरेको बताए ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अनिरुद्ध श्रीवास्तवलको अध्यक्षता कपिलवस्तु नगरपालिका स्वास्थ्य शाखाका प्रमुख उमेश गुप्ताको संचालनमा भएको कार्यक्रममा गैसस प्रदेश महासघकी अध्यक्ष सुशीला बेल्बासे, प्रेरण बिष्ठ, कपिलवस्तु अस्पतालका डाक्टर शुभम सिंह लागयतले परियोजनालाई पारदर्शी तरिकारले संचालन गर्नु पर्नेमा जोड दिएका थिए ।
















































