Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भिरकोटको माँझकुलो बनेपछि स्थानीय खुसी

Author Avatar साझा न्यूज 19th April 2023 , 2:07 PM
भिरकोटको माँझकुलो बनेपछि स्थानीय खुसी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा भिरकोट माझकुलो निर्माण भएपछि स्थानीयवासीलाई सजिलो भएको छ । पुस्ताैंदेखि खेतीको लागि आकासे पानीको भरमा बिताउँदै आएका स्थानीय कुलोको पानी खेतसम्म आएपछि उत्साहित भएका हुन् । वडा कार्यालयले बजेट विनियोजन गरेर कुलो निर्माणमा सहयोग गरी दिएपछि उनीहरुलाई सजिलो भएको हो ।

सिँचाइ कुलोबाट पानी आउन थालेपछि यसवर्ष समयमा बाली लगाउन सहज भएको स्थानीय नरबहादुर राईले बताए । धेरै खेतीयोग्य जमिन भएपनि सिँचाइको व्यवस्था नहुँदा कतिपय जमिन बाँझिदै गएको अवस्थामा कुलो निर्माणले प्रत्यक्ष लाभ पुगेको उनको भनाइ छ । ‘सिँचाइ कुलो नहुँदा खेतीयोग्य जमिन बाँझै छोड्नुपर्ने अवस्था थियो’, किसान राईले भने, ‘‘वर्षौबाट आकासे पानीको भरमा खेती गर्दै आएका थियौँ । वडाको बजेटमा कुलो सञ्चालनमा आएपछि हामीलाई सजिलो भयो ।’

कुलो सञ्चालनमा आएपछि स्थानीयवासीको दैनिकीमा परिर्वतन आएको भनाइ छ । सिँचाइको व्यवस्था भएपछि स्थानीयवासी व्यावसायिक तरकारी खेतीमा लागेका छन् । ‘सिँचाइपछि हाम्रो दैनिकीमा नै परिवर्तन आएको छ, तरकारी उत्पादन गरेर बजारसम्म लगेर बिक्री गरेर आम्दानी गरिरहेका छौँ’, उनले भने ।

खेतबारीसम्म पानी आएपछि खेतीको काम गर्न उत्साह थपिएको पौवादुङमा– १ भिरकोटका किसान विदुर राईले बताए । वडाले योजनाबद्ध रुपमा काम गरेकोले थोरै बजेटमा पनि उपलब्धिमूलक काम भएको छ । अरु ठाउँमा रहेका कुलो सञ्चालनमा पहल गरी दिए अन्य ठाउँका स्थानीयवासीलाई पनि राहत पुग्ने जनाइएको छ । ‘‘हामी किसानको पक्षमा वडाले गरेको काम सराहनीय छ’, उनले भने, ‘यहाँका स–साना काम पानि प्राथमिकतामा राखेर काम गरिरहेको अवस्था छ । कृषि क्षेत्रमा वडाले गरिरहेको कामले हामीलाई सहज भएको छ ।’

वडा नं १ खेतीको लागि उपयुक्त भूगोल रहेकाले यहाँको विकासका लागि योजनाबद्ध रुपमा काम गरिरहेको वडा कार्यालयले जनाएको छ । प्रशस्त उर्वरभूमि रहेपनि सिँचाइको राम्रो व्यवस्था नहँुदा समस्या रहेकोले वडाको बजेटबाट सिँचाइको विकासको लागि काम गरिरहेको कार्यालयको भनाइ छ । सिँचाइ कुलोसँगै प्लास्टिक टनेल वितरण गरेर पनि स्थानीयवासीलाई सहयोग गरिरहेको वडाध्यक्ष राजेन्द्र तामाङले बताए ।

‘हाम्रो ठाउँ कृषिको लागि अत्यन्तै उर्वरभूमि हो’, वडाध्यक्ष तामाङले भने, ‘सिँचाइको अभावमा त्यसबाट लाभ लिन नसकिएको अवस्था पनि छ । वडाले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । अहिले हामीले यहाँ भूगोल अनुसारको बालीमा जोड दिएका छौँ ।’ वडाको योजनाको बजेट विजियोजन गर्दा स्थानीयवासीको आवश्यकताको आधारमा गर्ने गरेको उनको भनाइ छ । किसानलाई आर्थिक पक्षमा जोड्दै उनीहरुको अवस्था सुधारमा भूमिका खेलिरहेको उनले बताए ।

‘म जनप्रतिनिधि भएपछि यहाँको सम्पूर्ण स्थानको अवलोकन गरेको छु’, उनले भने, ‘यहाँका धेरै ठाउँमा सिँचाइको समस्या छ । वडाको बजेटले सबै सम्भव त छैन तर पनि पालिका तथा सङ्घ र प्रदेश सरकारसँग बजेट माग गरेर पनि काम गर्ने सोचमा छु ।’ सिँचाइको विकास गर्दै गाउँपालिकालाई कृषिमा आत्मानिर्भर बनाउने लक्ष्यसाथ काम भइररहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

किसानलाई व्यावसायिक कृषिमा जोड्न सिँचाइ समस्या हटाउन विभिन्न ठाउँमा योजनाबद्ध रुपमा काम भइरहेको छ । ‘हाम्रो गाउँपालिकाको धेरै ठाउँमा पिउने पानी तथा सिँचाइको समस्या छ’, अध्यक्ष राईले भने, ‘हामीले यसको योजनाबद्ध विकास थालेका छौँ । कतिपय ठाउँको समस्या हल भएको छ । कृषिको क्षेत्रमा गाउँपालिकाले प्राथमिकताका साथ काम गरिरहेको छ । हाम्रो लक्ष्य नै गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज