Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्मार्ट सिटीको कित्ताकाटमा भ्रष्टाचार : नापी अधिकृतसहित मालपोत कर्मचारीबिरुद्ध मुद्दा

Author Avatar साझा न्यूज 21st April 2023 , 2:03 PM
स्मार्ट सिटीको कित्ताकाटमा भ्रष्टाचार : नापी अधिकृतसहित मालपोत कर्मचारीबिरुद्ध मुद्दा

काठमाडौं । कागेश्वरी मनहरा नगरपालिका, साविक गोठाटार र साविक मुलपानीको स्मार्ट सिटीअन्तगर्तको जग्गामा कानुनविपरित कित्ता काट्ने गर्ने नापी र मालपोतका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गादाश महर्जन, मालपोत कार्यालय,चाबहिलका तत्कालीन मालपोत अधिकृत बिष्णु प्रसाद काफ्ले समेत ८ जनाविरुद्ध सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

साविक गोठाटार र साविक मुलपानी गाविस वडा नं १ ख,का कित्ताहरु काठमाडौं विकास प्राधिकरणको सहमति विना स्मार्ट सिटीअन्तर्गत परेको जग्गालाई अगाडि बनाएको नक्सामा आफूखुशी जोडी, नक्सामा नभएको क्षेत्रफललाई कानुनविपरीत कित्ताकाट गरेको भन्ने उजुरी परेको थियो ।

कित्ताकाट गर्दा अनाधिकृतरुपमा नक्सा परिवर्तन गरी टायल चेकबाट क्षेत्रफलमा बढ कायम गर्ने र सोहीबमोजिमको राजीनामा लिखत पारित गरी गलत लिखत तयार गर्ने कार्य भएको पाइएको अख्तियारका प्रवक्ता एवं सहसचिव भोला दाहालले जानकारी दिएका छन् ।

नापी कार्यालय, चाबहिल,काठमाडौंका तत्कालीन प्रमुख महर्जन, नापी अधिकृत रवि शंकर पाण्डेय र सर्भेक्षक रामनारायण यादवले जिल्ला काठमाडौं,साविक मुलपानी १ख कि.नं. ७०८, ७०९, ६६६ र ८१३ को कित्ताकाट गर्ने क्रममा सरकारी कागजातको रुपमा चिनिने नक्सामा अनाधिकृतरुपमा कित्ताहरूको आकारप्रकार परिवर्तन गरी टायल चेकबाट क्षेत्रफल बढ कायम गर्ने क्रममा परिवर्तित नक्सा तयार गरी नक्सा सच्चाई कित्ताकाट एवं प्रमाणित गरेको पाइएको अख्तियारको ठहर छ ।

उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सरकारी निकायको कागजातमा अनाधिकार वा गैरकानूनी तरिकाले सच्याउने वा हेरफेर गर्ने कसुर गरेको कैद र जरिवानाको माग दावी गरेको छ । त्यस्तै मालपोत कार्यालय चाबहिल,काठमाडौंका तत्कालीन मालपोत अधिकृत काफ्ले र नायव सुब्बा उत्तम कुँवरले नापी कार्यालय चाबहिलबाट जिल्ला काठमाडौ,साविक मुलपानी १ख किनं ७०८, ७०९, ६६६ र ८१३ को कित्ताकाट गर्ने क्रममा अनाधिकृतरुपमा कित्ताहरूको आकारप्रकार परिवर्तन गरी टायल चेकबाट क्षेत्रफल बढ कायम गरेको पाइएको छ ।

लिखतहरु मालपोत कार्यालय,चाबहिलमा पठाएकोमा क्षेत्रफल बढ कायम गरी पठाउँदा समेत फिल्डमा चेकजाँच नगरी नापी कार्यालयबाट तयार पारिएको परिवर्तित नक्सालाई पूर्णता दिने कार्यलाई सहयोग पुर्‍याइएको सो कार्यालयबाट पेश भएका राजीनामा लिखतहरू पारित गरी गलत लिखतलाई प्रमाणित गरी गलत जग्गाधनी दर्ता श्रेष्ता नामक लिखतसमेत तयार गर्ने कार्य गरेको पाइएको प्रवक्ता दाहालले बताए । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिमको कैद र जरिवानाको माग गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज