काठमाडौं, वैशाख ११ गते । अभिनेत्री मलिका महतले आफ्नो फिल्म ‘सतीदेवी’को छायांकन सुरु गर्नुभएको छ । सोमबार काठमाडौंको भद्रकाली मन्दिरमा फिल्मको शुभसाइत गरिएसँगै फिल्मको छायांकन सुरु भएको हो ।
फिल्ममा मलिकाको शीर्ष भूमिका हुनुहुन्छ । उहाँ सतीदेवी नामक एक महिला चरित्रमा देखिनुहुनेछ । फिल्ममा भोलाराज सापकोटा, रमेश बुढाथोकी, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी लगायतको अभिनय हुनेछ । फिल्ममा निर्देशक सुवेदीको पटकथा छ ।
बाबु श्रेष्ठको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन, देव महर्जनको एक्सन कोरियोग्राफी, दीपक शर्मा र सुभाष भुसालको संगीत कम्पोज रहनेछ । एक महिनामा छायांकन सम्पन्न गर्ने निर्माताको योजना छ ।
गोल्डेन स्टेट मुभी एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रियसनले फिल्म निर्माण गर्न लागेको हो ।