Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बैंकमा खराब कर्जा बढेसँगै मुलुकको अर्थतन्त्रमा थप चुनौति थपियोः उपाध्यक्ष कोइराला

Author Avatar साझा न्यूज 24th April 2023 , 3:57 PM
बैंकमा खराब कर्जा बढेसँगै मुलुकको अर्थतन्त्रमा थप चुनौति थपियोः उपाध्यक्ष कोइराला

काठमाडौं, वैशाख ११ गते । नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकमा खराब कर्जा बढेकाले मुलुकको अर्थतन्त्रमा समेत थप चुनौति थपिएको बताउनुभएको छ ।

गत शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्नुहुँदै उपाध्यक्ष कोइरालाले अघिल्लो असार महिनामा १.२ प्रतिशत रहेको बैंकहरुको खराब कर्जा (एनपीए) अहिले बढेर ३.००८ प्रतिशतमा पुगेको बताउनुभयो ।

उहाँले मुलुकका पाँच वटा बैंकको मुनाफा घटेको तथा ३२ अर्ब बढीको कर्जा प्रवाह र २० अर्बको हाराहारीमा ब्याज उठ्न नसकेको देखिएकाले आगामी दिनमा देशको अर्थतन्त्र वा बैंकिङ क्षेत्रले थप चुनौतिहरु भोग्नुपर्ने अवस्था देखिएको बताउनुभयो । उपाध्यक्ष कोइरालाले पछिल्लो समय बैंकहरुको निस्कृय कर्जाको ब्याजदर समेत बढ्दै गएको जानकारी दिनुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कोइरालाले भन्नुभयो,‘‘गएको असर महिनामा १.२ प्रतिशत बैंकहरुको खराब कर्जा (एनपीए) अहिले ३.००८ प्रतिशतमा पुगेको देखिन्छ । पाँच वटा बैंकको मुनाफा नै कम छ । ३२ अर्ब बढीको कर्जा प्रवाह गरेको देखिन्छ । २० अर्बको हाराहारीमा ब्याज उठेको देखिँदैन । यस्ता तथ्याङ्कहरुले आगामी दिनमा देशको अर्थतन्त्र वा बैंकिङ क्षेत्रले थप चुनौतिहरु पार गर्नुपर्ने देखिन्छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको करिब २५ देखि ३० प्रतिशत नाफा घट्ने देखिन्छ भने ८ देखि १० अर्बको हाराहारीमा कर कम हुने देखिन्छ ।’’

उहाँले बैंक तथा वित्तीय क्षेत्रविरुद्ध भइरहेको अराजक आन्दोलनले अझ चुनौति बढेको भन्दै सरकारले तत्काल बैंकविरुद्धको अराजक आन्दोलन रोक्न माग गर्नुभयो । उहाँले चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको करिब २५ देखि ३० प्रतिशत नाफा घट्ने दाबी गर्नुभयो ।

उपाध्यक्ष कोइरालाले पछिल्लो समय बैंकहरुले धेरै नाफा कमाए भनेर चित्रण गरे जस्तो वास्तविकता नभएको स्पष्ट पार्नुभयो । उहाँले समग्र विश्व बैंकिङ उद्योगको मुनाफा ८ प्रतिशत र ५० प्रतिशत बैंकहरुले लागत कस्टभन्दा पनि कम नाफा गरिरहेको अवस्था रहेको बताउनुभयो । उहाँले पछिल्लो आर्थिक वर्षमा नेपालका बैंकहरुले ११ प्रतिशत मुनाफा रहेको भन्दै अन्य उद्योगहरुको तुलनामा बैंकिङ उद्योगको नाफा कम रहेको दाबी गर्नुभयो ।

‘‘पछिल्लो समय बैंकहरुले धेरै नाफा कमाए भनेर जसरी आम रुपमा चित्रण गरिएको छ । वास्तविकता त्यस्तो प्रकारको छैन । विश्व बैंकिङ क्षेत्रलाई हेर्ने हो भने मुनाफा ८ प्रतिशतको हाराहारीमा हो । ५० प्रतिशत बैंकहरुले लागत कस्टभन्दा पनि कम नाफा गरिरहेका छन् । नेपालका बैंकहरुले पछिल्लो आर्थिक वर्षमा ११ प्रतिशत मुनाफा रहेको अवस्था थियो । अन्य उद्योगहरुको तुलनामा बैंकिङ उद्योगको नाफा कम हो ।,’’ उपाध्यक्ष कोइरालाले भन्नुभयो, ‘‘पछिल्लो समय नेपालको कर्जा प्रवाह जीडिपीको भन्दा पनि बढी भएको कारण राष्ट्र बैंकले कर्जा नियन्त्रण गर्ने नीतिहरु लिएको देखिन्छ । अन्य सार्क देशको कर्जाको विस्तार हेर्दा नेपालमा पाँच वर्षमा कर्जा लगानीको विस्तार जिडिपी आकारभन्दा बढी भएको देखिन्छ ।’’

उपाध्यक्ष कोइरालाले पछिल्लो समय नेपालको कर्जा प्रवाह जीडिपी ग्रोथभन्दा बढी भएको कारण राष्ट्र बैंकले कर्जा नियन्त्रण गर्ने नीतिहरु लिएको बताउनुभयो । उहाँले भारतमा जिडिपी र कर्जा विस्तारको वृद्धि ५५ प्रतिशतको हाराहारीमा देखिँदा नेपालमा ९९ प्रतिशतको रेसियोमा रहेको जानकारी दिनुभयो ।

उपाध्यक्ष कोइरालाले अहिले बैंकिङ उद्योगमा ५४.४७ खर्ब निक्षेप सङ्कलन र ४८.४४ खर्ब कर्जा प्रवाह भइरहेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा २९८ अर्ब (५.४७ प्रतिशत) निक्षेप र १४७ अर्ब (३.३० प्रतिशत) ले कर्जा बढेको जानकारी दिनुभयो । उहाँले पछिल्लो चालु आर्थिक वर्षमा निक्षेप सङ्कलन ४१९ अर्ब (९ प्रतिशत) र कर्जामा ५३८ अर्ब (१४.५ प्रतिशत) रहेको बताउनुभयो ।

उपाध्यक्ष कोइरालाले भन्नुभयो, ‘‘भारतमा जिडिपी र कर्जा विस्तारको वृद्धि ५५ प्रतिशतको हाराहारीमा देखिँदा नेपालमा ९९ प्रतिशतको रेसियोमा देखिन्छ । त्यही कारण राष्ट्र बैंकले कर्जा नियन्त्रण गर्ने नीतिहरु लिएको हो । अहिले बैंकिङ उद्योगमा ५४.४७ खर्ब निक्षेप संकलन ४८.४४ खर्ब कर्जा प्रवाह भइरहेको छ । चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा २९८ अर्ब (५.४७ प्रतिशत) निक्षेप बढेको छ भने १४७ अर्ब (३.३० प्रतिशत) बढेको देखिन्छ पछिल्लो चालु आर्थिक वर्षमा निक्षेप सङ्कलन ४१९ अर्ब (९ प्रतिशत) र कर्जामा ५३८ अर्ब (१४.५ प्रतिशत) रहेको थियो । बैंकको वित्तीय तथ्याङ्कमा धेरै बैंकहरुको निस्कृय कर्जाको ब्याजदर बढेको छ ।’’

उपाध्यक्ष कोइरालाले चालु आर्थिक वर्षमा बैंकिङ क्षेत्रले तिर्ने ८ देखि १० अर्बको हाराहारीमा कर घट्ने बताउनुभयो । उहाँले उद्योगी व्यवसायीहरुले आफ्नो व्यापार व्यवसाय गर्नभन्दा पनि बैंक विरुद्ध हुने क्रियाकलापले देशको अर्थतन्त्रको साथै वित्तीय क्षेत्रमा विभिन्न चुनौतिहरु थपिएको औंल्याउनुभयो । उहाँले बैंकबाट विभिन्न व्यापार व्यवसाय लिनका लागि लिएको ऋण समयमा नतिर्ने र बैंकले पटक–पटक जानकारी गराउँदा उल्टै बैंकका कर्मचारीको अपमान गरी बैंकिङ क्षेत्रलाई नै बदनाम गराउने प्रयास भइरहेको आरोप लगाउनुभयो ।

उपाध्यक्ष कोइरालाले भन्नुभयो, ‘‘उद्योगी व्यवसायीहरुले आफ्नो व्यापार व्यवसाय गर्न भन्दा पनि बैंकविरुद्ध हुने क्रियाकलापले देशको अर्थतन्त्रको साथै वित्तीय क्षेत्रमा विभिन्न चुनौतिहरु थपिँदै गएका छन् । बैंकबाट विभिन्न व्यापार व्यवसाय लिनका लागि लिएको ऋण समयमा नतिर्ने र बैंकले पटक–पटक जानकारी गराउँदा उल्टै बैंकका कर्मचारीको अपमान गरिनुका साथै बैकिङ क्षेत्रलाई नै बदनाम गराउने प्रयास भइरहेको छ । यसमा सरकार समयमा नै सजक हुनुपर्ने र यस्ता अराजक आन्दोलन तत्काल बन्द हुनुपर्ने हाम्रो माग छ ।’’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज