प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार रवि लामिछानले मतान्तर फराकिलो पारेका छन् ।
पछिल्लो मत परिणामअनुसार उनले ३२ हजार ९५३ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ६ हजार ८४० मत पाएका छन् । उनीहरुबीचको मतान्तर २६ हजार ११६ रहेको छ ।
त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले ६ हजार २०४ मत पाएका छन् ।