Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्थानीय तहका अधिकांश सडक भासिदै


स्थानीय तहका अधिकांश सडक भासिदै

बाँके, वैशाख १३ गते । बाँकेमा स्थानीय सरकारले निर्माण गरेका अधिकांश कालोपत्रे सडक भत्किएका छन् । अधिकांश स्थानीय सरकारले वार्षिक बजेटको ठूलो हिस्सा कालोपत्रे सडकमा खर्च गर्ने गरेपनि त्यो टिकाउ र गुणस्तरीय हुन नसकेको स्थानीय बासिन्दाको भनाइ छ । नेपालगञ्ज उप–महानगरपालिका र कोहलपुर नगरपालिकामा यसखालको समस्या कम देखिए पनि अन्य स्थानीय तहमा भने अधिकांश सडकहरु भत्किएर आवातजावतमा समस्या परिरहेको अवस्था छ ।

खजुरा ४ ई गाउँका गोविन्द खत्रीले कालोपत्रे गरिएको सडक बढी भार क्षमताका टिप्पर, ट्याक्टर चल्दा सडक भास्सिएको बताउनुभयो । ईगाउँ–डि गाउँ जोड्ने सडक केही दिनयता टिप्पर लगातार चल्न थालेपछि खेतबारी जोतेझै भएको भन्दै उहाँले बाध्य भई स्थानीय बासिन्दाले टिप्पर नियन्त्रणमा लिई माटो बोक्ने कार्य रोक्नुपर्ने अवस्था आएको बताउनुभयो ।

“लामो प्रतिक्षापछि बनेको सडक पनि भत्केर बेहाल भएको छ,” खत्रीले भन्नुभयो,“फेरि सडक कहिले बन्ने हो निश्चित नभएकाले वर्षायाममा समस्या हुने निश्चित छ ।”

खजुरा गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत अर्जुन सुवेदीले स्थानीय सरकारले निर्माण गरेको सडकको भारवाहन क्षमता कमजोर हुने बताउनुभयो । “हामीले बनाएका सडकमा १२–१५ टन क्षमता सम्म थेग्न सक्छ,” प्रमुख कार्यकारी अधिकृत सुवेदीले भन्नुभयो,“४०–५० टन क्षमताका सवारी साधन गुडेपछि सडक अवश्य भासिन्छ ।”

उहाँले खजुरामा पछिल्लो पटक सडक भास्सिएको बिषयमा आफुहरु गम्भीर भएको भन्दै सम्वद्ध निर्माण व्यवसायीलाई जवाफदेही बनाउने बताउनुभयो । लामो समयमा स्थानीय तहमा काम गर्नुभएका इञ्जिनियर कञ्चन तिवारी स्थानीय तहमा सडक निर्माणका लागि छुट्टाइएको बजेट न्यून हुने भएकाले सडक गुणस्तरीय बन्न नसकेको बताउनुहुन्छ ।

“शहरी क्षेत्रमा असफाल्ट वा गुणस्तरीय सडक निर्माण हुने गरेको छ,” इञ्जिनियर तिवारीले भन्नुभयो, ‘‘ग्रामीण क्षेत्रमा बिटोमिन प्रिमिक्समै स्तरीय खोज्नुपर्ने बाध्यता छ ।’’

ग्रामीण सडकको मापदण्ड अनुसार पनि बढी भारवाहन क्षमताका सवारी साधन चल्दा सडक भास्सिने गरेको उहाँको भनाइ छ । उहाँले सडक बिग्रनुमा निर्माण व्यवसायीले अत्यन्त कममा बोलकबोल गर्ने, प्राविधिक कमजोरी र कतिपय अवस्थामा अनुगमनको समेत कमी रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

राष्ट्रपति पौडेल गणतन्त्र समारोहमा सरिक

राष्ट्रपति पौडेल गणतन्त्र समारोहमा सरिक

गणतन्त्र सुदृढ तुल्याउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

गणतन्त्र सुदृढ तुल्याउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री चौधरी

तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री चौधरी

युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद

युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद

मध्यमर्स्याङ्दीमा बढ्दै बिजुली

मध्यमर्स्याङ्दीमा बढ्दै बिजुली

संवैधानिक नियुक्तिअघि संसदीय सुनुवाइ अनिवार्य गर्न प्रस्ताव

संवैधानिक नियुक्तिअघि संसदीय सुनुवाइ अनिवार्य गर्न प्रस्ताव

भर्खरै प्रकाशित

राष्ट्रपति पौडेल गणतन्त्र समारोहमा सरिक

राष्ट्रपति पौडेल गणतन्त्र समारोहमा सरिक

गणतन्त्र सुदृढ तुल्याउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

गणतन्त्र सुदृढ तुल्याउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री चौधरी

तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री चौधरी

युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद

युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद

मध्यमर्स्याङ्दीमा बढ्दै बिजुली

मध्यमर्स्याङ्दीमा बढ्दै बिजुली

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि