Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

वनमा खेर गइरहेको सिस्नो र बाँको हङकङ पुग्यो


वनमा खेर गइरहेको सिस्नो र बाँको हङकङ पुग्यो
बागलुङ । वनमा खेर गइरहेको बाँको अहिले भान्सामा पुगेको छ । सिपालुको हात लागेपछि बाँको गुन्द्रुक बन्छ । बारीमा झाडी बनेको सिस्नोको माग अधिक छ । सीप सिकेका महिला सिस्नोको धुलो बनाउँछन् ।

प्याकिङपछि सिस्नो सबैको भान्सामा पुग्छ । तरकारीका लागि मात्रै प्रयोग गरिने आलु खाजा बनेको छ । चिप्स बनाएपछि आलुको मूल्य दोब्बर पर्छ । बागलुङको जैमिनी नगरपालिका–३ दमेकका उद्यमीको परिचय यिनै उत्पादनले बदलेको छ ।

यहाँका किसानले उत्पादन गरेको बाँको, सिस्नो र आलु चिप्सको माग बजारमा बढ्दो छ । वनजङ्गल र घरआँगनमा खेर गइरहेको सिस्नोलाई सङ्कलन गरी पाउडर बनाइन्छ । पहिले तरकारीका रूपमा एकाध प्रयोग हुने बहुगुणी सिस्नोको बजारीकरणमा जैमिनी नगरपालिकाले सघाएको छ । नगरपालिकाले सिस्नोको धुलो बनाउने आधारभूत तालिम र मेसिन समेत सहयोग गरेपछि महिला उद्यमी उत्साहित छन् ।

‘यो वर्ष मात्रै दुई हजार किलो सिस्नो पाउडर तयार भयो, माग धान्नै सकिएन’, गाजादह सिस्नो पाउडर उत्पादन समितिका अध्यक्ष अध्यक्ष तारादेवी पुनले भनिन्, ‘अब सिस्नो उत्पादनमा लाग्नुपर्ने भयो ।’ पहिले छुँदा पोल्ने सिस्नोलाई झाडीका रूपमा पन्छाएर आगो लगाउने किसानले अहिले सिस्नो जोगाउन थालेका छन् ।

‘बाँझो जग्गामा सिस्नो लगाउने योजना छ, आफै उम्रिएको सिस्नोले अब पुग्दैन’, पुन भन्छिन्, ‘सामान्य प्रचार हुँदा मात्रै देश–विदेशबाट माग आयो ।’ चितवन, काठमाडाँै, पोखरा र हङकङका बजारमा दमेकको सिस्नो पुगेको उनले बताइन् । यसले स्थानीय महिलालाई आम्दानी पनि राम्रो भएको छ । पाउडरका रूपमा उत्पादन गरिने सिस्नो विभिन्न खानाका परिकारसँग खान मिल्ने र स्वास्थ्यलाई समेत फाइदा पुग्ने भएकाले माग बढ्दै गएको हो । प्रतिकेजी रु छ सय ५० मा सिस्नोको धुलो बिक्री भइसकेको पुनले बताइन् ।

सिस्नोको धुलो जस्तै बाँकोको गुन्द्रुक पनि दमेकको परिचय बनेको छ । छुँदा चिलाउने बाँकोलाई किसानले सावधानीपूर्वक टिपेर गुन्द्रुक बनाउँछन् । त्यही गुन्द्रुकले प्राङ्गारिक स्वाद दिन्छ । ‘हामीले यो वर्ष व्यावसायिक उत्पादनको प्रयास थाल्यौँ, प्रशोधन र प्याकिङमा नगरपालिकाले सहयोग गरेको छ’, स्थानीय कृष्णबहादुर छन्त्यालले भने, ‘गाउँ आउनेले बोकेर जानुहुन्छ, बजारबाट आएको माग पूरा गर्न सकिएको छैन ।’

बाँको सबै याममा पाइँदैन । किसानले वर्षायाममा जङ्गलबाट बाँको घर भित्र्याउँछन्, गुन्द्रुक बनाउँछन् । बाँकोको गुन्द्रक एक सय ग्रामलाई रु दुई सयमा बिक्री हुने गरेको छ । ‘धान फल्दैन, कोदो, मकै र गहुँ कम फल्छ, हाम्रो मुख्य उत्पादन आलु हो, अहिले गुन्द्रुकले आम्दानीसँग जोडेको छ’, छन्त्यालले भने ।

खानाको स्वादका लागि निकै राम्रो मानिने दमेकको आलुले पनि स्वरुप फेरिएपछि मूल्य पाउन थालेको छ । किसानले बर्सेनि उत्पादन गर्ने आलु कहिले खाद्यान्नसँग साटेर त कहिले बिक्री गरेर खर्च चलाउँथे । पछिल्लो समय वडा र नगरले चिप्स बनाउन सिकाएको छ । किसानले आलुको चिप्स बनाउन थालेपछि आलुको सटही र बिक्री गर्दाभन्दा दोब्बर मूल्य पर्ने गरेको स्थानीय इन्दिरा थापाले बताइन् । ‘स–साना उत्पादन गरेरै भए पनि नागरिकलाई उद्यमी बनाउने प्रयासमा छौँ’, वडाध्यक्ष कृष्णबहादुर भुजेल भन्छन्, ‘आलु चिप्स वडाका विद्यालय, कार्यालय र सार्वजनिक कार्यक्रममा खाजाका रूपमा प्रयोगमा ल्याएर भए पनि यसको प्रवद्र्धन गर्छौ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री चौधरी

तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री चौधरी

युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद

युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद

मध्यमर्स्याङ्दीमा बढ्दै बिजुली

मध्यमर्स्याङ्दीमा बढ्दै बिजुली

संवैधानिक नियुक्तिअघि संसदीय सुनुवाइ अनिवार्य गर्न प्रस्ताव

संवैधानिक नियुक्तिअघि संसदीय सुनुवाइ अनिवार्य गर्न प्रस्ताव

सन्दर्भ गणतन्त्र दिवस : व्यावहारिक कार्यान्वयनको खाँचो

सन्दर्भ गणतन्त्र दिवस : व्यावहारिक कार्यान्वयनको खाँचो

विद्यालयका तह समायोजन गर्दै बैतडीका पालिकाहरु

छात्रबृत्तिको लोभमा सरकारी बिद्यालयमा भर्ना गरी पढाई भने बोडिङ स्कुलमा गर्ने

भर्खरै प्रकाशित

तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री चौधरी

तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री चौधरी

युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद

युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद

मध्यमर्स्याङ्दीमा बढ्दै बिजुली

मध्यमर्स्याङ्दीमा बढ्दै बिजुली

संवैधानिक नियुक्तिअघि संसदीय सुनुवाइ अनिवार्य गर्न प्रस्ताव

संवैधानिक नियुक्तिअघि संसदीय सुनुवाइ अनिवार्य गर्न प्रस्ताव

सन्दर्भ गणतन्त्र दिवस : व्यावहारिक कार्यान्वयनको खाँचो

सन्दर्भ गणतन्त्र दिवस : व्यावहारिक कार्यान्वयनको खाँचो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि