Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मुगुको व्यथा : पुस्तौंदेखि दियालोकै भर

Author Avatar साझा न्यूज 27th April 2023 , 11:05 AM
मुगुको व्यथा : पुस्तौंदेखि दियालोकै भर

गाउँबाट पारि हेर्दा गमगढी बजार बत्तीले झिलीमिली भए पनि आफूहरू अँध्यारोमा बस्दा ठूलो पीडा हुने गरेको ६९ वर्षीय उनले बताए । ‘बच्चैदेखि दियालो बाल्दा दम र आँखाको रोगको सिकार हुनुपरेको छ’, उनले भने, ‘बाजेको पालादेखि दियालोकै भरमा छौँ, यस्तै अवस्था रहे हाम्रा छोराहरूले पनि बत्ती बाल्न पाउँदैनन् होला ।’

दियालोको धुवाँका कारण उनी झण्डै दुई दशकदेखि दमका बिरामी छन् । मोतीविन्दुको समस्या पनि देखिएको छ । शोभागाउँका एक सय ६५ परिवार ‘बत्तीमुनिको अँध्यारो’ मा बस्न बाध्य भएको उनले बताए । पछिल्लो राष्ट्रिय जनगणनाअनुसार जिल्लाभरि झण्डै नौ हजार घरधुरी छन् । यसमध्ये करिब पाँच हजार परिवार दियालो भरमा रहेको जनगणनाको तथ्याङ्कले देखाएको छ ।

अहिलेसम्म सदरमुकाम आसपासका झण्डै चार हजार परिवारले मात्र विद्युत् र वैकल्पिक ऊर्जा प्रयोग गर्न पाएको जनगणनाले जनाएको छ । सदरमुकामस्थित छायानाथरारा नगरपालिकाका दुई हजार पाँच सय ४६ घुरधुरीमध्ये एक हजार छ सय घरधुरीमा गमगाढ जलविद्युत् आयोजनाको बिजुली पुगेको छ । अझै करिब एक हजार घरधुरी विद्युतको पहुँच बाहिर छन् । चार सय किलोवाटको आयोजनाले अझै पनिशोभा, रोवा, तल्लेख, घट्टलेख, सालिम, रयाङच्याकाटी, लुम्स, बालचौर, कम्फा, बाम र मुर्मा गाउँमा बिजुली पुर्‍याउन सकेको छैन ।

सरकारले मुगुमा अझै पनि राष्ट्रिय प्रसारण लाइन पु¥याएको छैन । खत्याड गाउँपालिकामा भने कुनै पनि वडा र बस्तीमा विद्युतको पहुँच छैन । तीन हजार छ सय ५१ घरधुरी अझै पनि टुकी र दियालोकै भरमा छन् । गत असोज १९ देखि २३ गतेसम्मको भीषण बाढी पहिरोले गाउँपालिकाका १५ साना र लघुजलविद्युत् आयोजनामा क्षति पुर्‍याएपछि पूरै जनसंख्या बत्तीविहीन हुन पुगेको गाउँपालिका उपाध्यक्ष सरिता रोकायाले बताइन् । उनका अनुसार बाढी पहिरोले सेरी, तोलीखो, खर्क, केराइ चिमढुग्री, पइखु, चामिरखर्क, पन्सेरी राष्कोटीबाडालगायत १५ वटा साना र लघुजलविद्युत् योजना तहसनहस पारिदिएको छ ।

‘ती योजना बनाउन कम्तीमा रु १० करोड बजेट आवश्यक छ’, उनले भनिन्, ‘पालिका एक्लैले त्यत्रो रकम खर्च गर्न सक्दैन, प्रदेश र सङ्घीय सरकारले बेवास्ता गरिरहेका छन् ।’ उनका अनुसार बत्ती नहुँदा स्थानीयको आयआर्जनको बाटो बन्द भएको छ । बालबालिका गृहकार्य गर्नबाट समेत वञ्चित छन् ।

खत्याड गाउँपालिकामा पनि विद्युतको पहुँच शून्य छ । कृषि र फलफूल उत्पादनमा सबैभन्दा अब्बल मानिएको पालिकामा बत्तीको अभावले साना उद्योग–व्यवसाय सञ्चालन गर्न नसकिएको स्थानीय व्यापारी लोकराज दाहाल बताउँछन् । विद्युत् भए गाउँमै ब्लक निर्माण, सिलाइ उद्योग, पाउरोटी, काट चिरान, क्रसरलगायतका उद्योग सञ्चालन गर्न सकिन्थ्यो । विद्युतको समस्याले कम्प्युटर शिक्षा समेत ओझेलमा परेको स्थानीय शिक्षक कमल शर्माले बताए । पालिकाका विद्यार्थीले अहिलेसम्म कम्प्युटर विषय पढ्न पाएका छैनन् ।

झन्ण्डै एक हजार दुई सय घरधुरी रहेको कार्मारोङ गाउँपालिकामा बसोबास गर्ने चार सय ३१ परिवार पनि अझै परम्परागत ऊर्जाकै भरमा छन् । सोरु गाउँपालिकाको केन्द्र सोरुकोटमा ६० किलोवाटको सोलार जडान गरिएको भए पनि स्थानीयले अझै पनि बिजुली देख्न नपाएको स्थानीय कर्णजङ्ग शाहीले बताए । नेरखोला जलविद्युत् आयोजनालाई विस्तार गरी सबैको घरमा बत्ती पु¥याउने लक्ष्य राखिएको भए पनि बजेट अभावमा योजनालाई गति दिन नसकिएको पालिका अध्यक्ष धर्मबहादुर शाहीले बताए । दियालोको धुवाँले गर्दा झण्डै ७५ प्रतिशत ज्येष्ठ नागरिक दम रोगबाट पीडित भएको पालिकाको तथ्याङ्क छ ।

गमगाढ साना जलविद्युत् आयोजना पटक पटक अवरुद्ध हुन थालेपछि सङ्घीय सरकारले दुई वर्षअघि गमगढीमा चार सय किलोवाटको सोलार प्लान्ट जडान गर्ने योजना ल्याए पनि बजेट अभावमा अझै काम अघि बढ्न सकेको छैन । प्लान्ट जडानका लागि चैत महिनाभित्र ठेक्का खोल्ने तयारी गरिएको गमगाढ साना जलविद्युत् आयोजनाका वितरण प्रमुख साजनबहादुर ऐडीले बताए ।

मुगुमा राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न प्रतिनिधिसभा सदस्य ऐनबहादुर शाहीलगायतका सांसदले दबाब दिएपछि विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असारभित्र गमगढीमा राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् । घिसिङ गत असोजमा मुगु र हुम्लामा विद्युत् सम्भाव्यताबारे अध्ययन गर्न आफै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज