Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्वास्थ्य बीमा : सबै नागरिकलाई स्वास्थ्य उपचारको पहुँचमा ल्याउने


स्वास्थ्य बीमा : सबै नागरिकलाई स्वास्थ्य उपचारको पहुँचमा ल्याउने

नुवाकोट, वैशाख १५ गते । नेपाली नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नेपाल सरकारमार्फत सञ्चालनमा रहेको स्वास्थ्य बीमा कार्यक्रममा नुवाकोटका करिव २० हजार घरपरिवार आवद्ध भएका छन् । नुवाकोटमा विसंं २०७७ असार २१ गतेदेखि दर्ता सुरु भएर सोही वर्षको मंसिर १ गतेदेखि सञ्चालमा आएको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म जिल्लाको १९ हजार सातसय ८० घरपरिवार आवद्ध भएको स्वास्थ्य बीमा बोेर्ड, शाखा कार्यालय नुवाकोटले जनाएको हो ।

स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न नेपाल सरकारले सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तरर्गत सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा सेवालाई प्रत्येक नागरिकलाई सरल र सहज बनाउन नुवाकोटमा शाखा कार्यालय स्थापना गरेर हाल सबै वडामा दर्ता सहयोगीमार्फत घरघरमा नै सेवा पुर्याएको शाखा कार्यालय नुवाकोटका दर्ता अधिकारी गिता शर्माले जानकारी दिनुभयो ।

गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न, स्वास्थ्य बीमाद्वारा पूर्व भुक्तानीको माध्यमबाट बिमितको आर्थिक जोखिम न्यूनिकरण गर्न तथा स्वास्थ्य सेवा प्रदायकको दक्षता र जवाफदेहीता अभिवृद्धि गर्न सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम नुवाकोटमा निकै प्रभावकारी भएको पाइएको छ । स्वास्थ्य बीमा गरेपछि जिल्लामा तोकिएका चारवटा स्वास्थ्य संस्था तथा ती अस्पतालको सिफारिसमा स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका तोकिएको अस्पतालबाट वार्षिक एक लाखसम्मको स्वास्थ्य सेवाको लाभ लिन पाइने व्यवस्था रहेको त्रिशूली अस्पतालका निमित्त (मेडिकल सुपरिटेन्डेन्ट) डा.प्रतिक सिंहले जानकारी दिनुभयो । सबै नागरिकलाई स्वास्थ्य उपचारको पहुँचमा ल्याउने उद्देश्यले सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा ७० वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई निःशुल्क समावेश गरिएको छ ।

महिला स्वास्थ्य स्वयंसेविकाको हकमा आधा रकम छुटसहितको सम्पूर्ण परिवारको बीमा गर्न पाइने सुविधा उपलब्ध छ । स्वास्थ्य बीमा कार्यक्रमको लागी नुवाकोटमा त्रिशूली अस्पतालसहित खरानीटार अस्पताल, ककनी र देउराली प्राथमिक स्वास्थ्य केन्द्र गरेर चारवटा स्वास्थ्य सँस्थामा सेवा उपलब्ध छ । जिल्लामा उपचार सम्भव नभए स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका देशका अधिकांश सरकारी अस्पतालमासमेत उपचार गराउन पाइने भएकाले स-साना देखि ठूला प्रकृतिका बिरामीको लागी समेत स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी देखिएको हो ।

सबै नागरिकलाई स्वास्थ्य उपचारको पहुँचमा ल्याउने उद्देश्यले सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा ७० वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई निःशुल्क समावेश गरिएको छ । महिला स्वास्थ्य स्वयंसेविकाको हकमा आधा रकम छुटसहितको सम्पूर्ण परिवारको बीमा गर्न पाइने सुविधा उपलब्ध छ । जिल्लामा हालसम्म करिव २० हजार घरधुरी यस कार्यक्रममा आवद्ध भएकोमा सबैभन्दा बढी विदुर नगरपालिका पाँच हजार एक सय ४० घरपरिवार र बेलकोटगढीमा दुई हजार ७० घरपरिवार आवद्ध भएको पाइएको छ। नुवाकोटको जनसङ्ख्या दुई लाख ६२ हजार नौसय ८१ जना रहेकोमा ३१ हजार २६६ जना स्वास्थ्य बीमा कार्यक्रमको पहुँचमा जोडिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री चौधरी

तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री चौधरी

युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद

युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद

मध्यमर्स्याङ्दीमा बढ्दै बिजुली

मध्यमर्स्याङ्दीमा बढ्दै बिजुली

संवैधानिक नियुक्तिअघि संसदीय सुनुवाइ अनिवार्य गर्न प्रस्ताव

संवैधानिक नियुक्तिअघि संसदीय सुनुवाइ अनिवार्य गर्न प्रस्ताव

सन्दर्भ गणतन्त्र दिवस : व्यावहारिक कार्यान्वयनको खाँचो

सन्दर्भ गणतन्त्र दिवस : व्यावहारिक कार्यान्वयनको खाँचो

विद्यालयका तह समायोजन गर्दै बैतडीका पालिकाहरु

छात्रबृत्तिको लोभमा सरकारी बिद्यालयमा भर्ना गरी पढाई भने बोडिङ स्कुलमा गर्ने

भर्खरै प्रकाशित

तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री चौधरी

तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री चौधरी

युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद

युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद

मध्यमर्स्याङ्दीमा बढ्दै बिजुली

मध्यमर्स्याङ्दीमा बढ्दै बिजुली

संवैधानिक नियुक्तिअघि संसदीय सुनुवाइ अनिवार्य गर्न प्रस्ताव

संवैधानिक नियुक्तिअघि संसदीय सुनुवाइ अनिवार्य गर्न प्रस्ताव

सन्दर्भ गणतन्त्र दिवस : व्यावहारिक कार्यान्वयनको खाँचो

सन्दर्भ गणतन्त्र दिवस : व्यावहारिक कार्यान्वयनको खाँचो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि