Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नीति र सिद्धान्त मिल्ने पार्टीसँग सहकार्य गर्ने : अध्यक्ष नेपाल

Author Avatar साझा न्यूज 28th April 2023 , 1:14 PM
नीति र सिद्धान्त मिल्ने पार्टीसँग सहकार्य गर्ने : अध्यक्ष नेपाल

जनकपुरधाम, वैशाख १५ गते । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का केन्द्रिय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समानता र वैचारिकताको आधारमा सबै पार्टीसँग हातेमालो गर्न तयार रहेको बताउनुभयो । शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा नेकपा एसका अध्यक्ष नेपालले सबै मिलेको खण्डमा सबै पार्टीसँग हातेमाले गर्दै अगाडी बढ्ने बताउनुभएको हो।

साथै सबैसँग मिलेर कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध रुपमा लिएर जाने कामका लागि पनि सँधै तत्पर हुने भन्नुभयो । उहाँले समानता र वैचारिकताको आधारमा विचार मिल्ने पार्टीसँग हातेमालो गर्ने तर नेकपा एमाले वा अन्य कुनै पार्टीमा विलय नहुँने दावी गर्नुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, “साझा विषयमा सहकार्य गर्नका लागि सबैसँग हातेमालो गरेर जाने छौं । विचार, सिद्धान्त र नीति मिलेका पार्टीहरुको बीचमा पार्टी एकताका लागि पहल पनि गर्नेछौं । तर, कुनै पार्टीमा विलय भने हुने छैनाै‌ ।”

नेपालमा समाजवादको विकल्प नरहेको भन्दै समाजवादी मोर्चा बनाउने तयारी भइरहेको नेपालले बताउनुभयो । मोर्चा बनाउने सोचमा नेकपा एस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी गरि तीन दलको एकताका साथै अन्य पार्टीहरुसँग पनि छलफल गर्ने तयारी भइरहेको जानकारी दिँदै समाजवादी माेर्चा बनेको खण्डमा समाजवाद प्रतिको प्रतिवद्धता, राज्यमा सुशासनको प्रत्याभूति गर्ने, जनताका समस्यालाई केन्द्र विन्दुमा राख्ने उहाँले दावीसमेत गर्नुभयो ।

उपनिर्वाचनपछि प्रदेशमा एउटै पार्टीको बहुमत नभएकोले अरु पार्टीको पनि संख्यात्मक कुरालाई ध्यानमा राखेर गठबन्धनका घटकहरुले पनि मौका पाउनु पर्ने स्वभाविक हो र कोको सहभागी हुने बारे भने अझैं स्पष्ट नरहेको नेपालको भनाइ छ ।

अयोग्य लडाकुलाई राहत दिने बारे नेपालले यस्तो भन्नुभयो, “लडाकु वा पीडितलाई रकम दिँदै जाने कुरा ठिक होइन भन्दै मैले प्रधानमन्त्रलाई प्रश्न गर्दा उहाँले पुरानै रकम दिन बाँकी रहेको दिएको भन्नुभयो । प्रधानमन्त्रीले नयाँ कुनै निर्णय गरेको होइन, पुरानै निर्णय हो, नयाँ रकम दिएको होइन, पहिले रकम दिन बाँकी रहेको रकम दिएको भन्नुभयो, यसबारे धेरै कुरा आफूले पत्ता लगाउन नसकेको भन्नुहुँदै धेरै जानकारी नभएको विषमा धेरै बोल्नु राम्रो होइन,” नेपालले भन्नुभयो ।

पत्रकार सम्मेलनमा समाजवादी पत्रकार संगठनका धनुषा अध्यक्ष अकुल प्रसाद साह, प्रदेश अध्यक्ष प्रविण साह, पार्टीका केन्द्रिय उपाध्यक्ष धर्मनाथ प्रसाद साह नेताहरु रामचन्द्र झा, सत्रुधन महतो, रामअवतार यादव, लाल गोइत, गोविन्द न्यौपाने, शितल झा, वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका अध्यक्ष शितल साहसहितको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भर्खरै प्रकाशित

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज