Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

 तिलौराकोटमा आगो लगाएर सम्पदा क्षेत्रको सफाइ


 तिलौराकोटमा आगो लगाएर सम्पदा क्षेत्रको सफाइ

तौलिहवा, वैशाख १८ गते । राजा शुद्धोधनको राजदरबार एवं बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ तिलौराकोटभित्रको झाडी सरसफाइ गर्ने बहानामा सम्पदा नै नष्ट हुने गरी आगो लगाएर सफाइ गरिएको छ । तिलौराकोट दरबारभित्र झाडी सरसफाइ गर्ने भन्दै आगो लगाउँदा संरक्षणकर्मीद्वारा सम्पदा नष्ट हुने चिन्ता व्यक्त गरिएको हो ।
२५६७औँ बुद्ध जयन्तीको अवसरमा तिलौराकोट दरबारभित्रका झाडीमा आगो लगाएर लुम्बिनी विकास कोषले सम्पदा सरसफाइ गर्न थालेको छ। लुम्बिनी विकास कोषको आग्रहमा नेपाली सेनाले तिलौराकोटमा सरसफाइ गर्ने क्रममा आगो लगाएको आफूहरूले सुनेको कोषका पुरातत्त्व अधिकृत हिमाल उप्रेतीले बताउनुभयो ।
सेनाले कमिला भगाउन आगो लगाएको र आगो अन्यत्र नफैलियोस् भनेर नगरपालिकाको दमकल बोलाएर निभाएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “तिलौराकोटभित्र जमिनको सतहमाथि नै कुषाणकालीन पुरातात्त्विक वस्तुहरू भेट्छौँ।” पुरातात्त्विक संरचना जमिनका सतहमै भेटिएको ठाउँमा आगजनी गर्दा नकारात्मक असर पर्ने भएकाले यस्तो ठाउँमा आगो लगाउन नहुने अधिकृत उप्रेतीले बताउनुभयो ।
शम्शेर दल गणका प्रमुख दिलीप घलेले चाहिँ तिलौराकोटमा आफूहरूले सरसफाइ गरेको तर झाडीमा आगो नलगाएको बताउनुभयो । तिलौराकोट दरबारभित्र झाडी र रुखमा लागेको आगो निभाउन गएको कपिलवस्तु नगरपालिकाका दमकलचालक मैसाद खानले बताउनुभयो ।
तिलौराकोट दरबारभित्र सरसफाइको नाममा ठाउँ–ठाउँमा आगो लगाउनु गलत भएको स्थानीय बालगोविन्द त्रिपाठीले बताउनुभयो । सम्पदा क्षेत्रमा आगो लगाएपछि जमिनमुनि रहेका संरचना नष्ट हुने डर रहेको उहाँको भनाइ छ । भगवान् गौतम बुद्धको दरबार तिलौराकोटमा आगो लगाई गरिएको सरसफाइ अभियान सही उदाहरण नभएको उहाँको बुझाइ छ । प्राचीन स्मारक संरक्षण ऐनविपरीत नै कोषले तिलौराकोट दरबारमा गलत कार्य गर्न थालेपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसार कुनै पनि पुरातात्त्विक वस्तुलाई नष्ट गरेमा, भत्काएमा, विरूप पारेमा, चोरी गरेमा वा अनधिकृत रूपमा हटाएमा वा परिवर्तन गरेमा वा कुनै किसिमले हानिनोक्सानी गरेमा (त्यस्तो पुरातात्त्विक वस्तुको बिगोबमोजिमको रकम असुलउपर गरी) पाँच हजार रुपियाँदेखि एक लाख रुपियाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

अब मायादेवी गाँउपालिकाले आफ्नै भवनबाट सेवा दिने

अब मायादेवी गाँउपालिकाले आफ्नै भवनबाट सेवा दिने

महिला टी–२० क्रिकेट शृङ्खलाको निर्णायक खेलमा नेपालले आज मलेसियासँग खेल्दै

महिला टी–२० क्रिकेट शृङ्खलाको निर्णायक खेलमा नेपालले आज मलेसियासँग खेल्दै

भर्खरै प्रकाशित

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

अब मायादेवी गाँउपालिकाले आफ्नै भवनबाट सेवा दिने

अब मायादेवी गाँउपालिकाले आफ्नै भवनबाट सेवा दिने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि