Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बृहत्तर लुम्बिनी विकास अन्र्गत बुद्धसंग सम्बन्धित स्थलहरुको एकीकृत विकास गरिने : मन्त्री किराती

Author Avatar साझा न्यूज 4th May 2023 , 4:01 PM
बृहत्तर लुम्बिनी विकास अन्र्गत बुद्धसंग सम्बन्धित स्थलहरुको एकीकृत विकास गरिने : मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गुरु योजना बनाएर  प्राचिन कपिलवस्तुको विकास गरिने बताएका छन्।

बृहत्तर लुम्बिनी विकास अन्र्गत बुद्धसंग सम्बन्धित स्थलहरुको एकीकृत विकास गरिने उनले बताए। २५६७ औ बुद्धजयन्तीका लागि लुम्बिनी आएका मन्त्री सुदनले प्राचिन कपिलवस्तुको निग्रोधराम कुदान, गोटहीवा र तिलौराकोटको अवलोन पछि सो कुरा बताएका हुन्।

‘बुहत्तर लुम्बिनी विकासकालागि गुरु योजना निर्माण भईरहेको छ, अब बुद्ध स्थलहरुको चौतर्फी विकास हुन्छ’ उनले भने, ‘यस्को विकास अब तीब्र गतिमा जान्छ।’ सधै लुम्बिनीका कारण आझेलमा पर्ने गरेको प्राचिन कपिलवस्तुका बुद्ध स्थलहरुको विकासमा आफु लागी परेको उनले बताए। उनले आउने बर्ष देखि प्राचिन कपिलवस्तुमा भब्यरुपमा बुद्धजयन्ती मनाइने बताए। ‘ म भर्खर मन्त्री भएर आएको हो, यहाको स्थिति र अवस्था बारे बुझ्दै छु’ उनले भने। मन्त्री किरातीले अब बुद्ध स्थलको बिकासमा ढिलाई गर्न नहुने बताए।

उनले तिलौराकोटलाई विश्व संपदा सुचीमा सुचीकृत गराउन मन्त्रालयले प्राथमिकतामा राखेको बताए। मन्त्री किरातीलाई लुम्बिनी विकास कोषका सुचना अधिकरी हरिद्धवज राई र ज्ञानीन राईले बुद्धस्थलको ऐतिहासिक पृष्ठभुमी, अवस्था, उत्खनन आगामी योजना लगायतका विषयमा जानकारी गराएका थिए। राजकुमार सिद्धार्थ ज्ञान प्राप्त गरेपछि बैशालीबाट राजधानी प्राचीन कपिलवस्तु पहिलो पटक आएको स्थलकारुपमा निग्रोधरामलाई मानिन्छ।

यस्तै चिनिया यात्री फायहन र ह्बेयसानका अनुसार बुद्धले ज्ञान प्राप्त गरे पछि यही ठाउमा राजा शुद्धोदनलाई दर्शन दिई यशोधरा, प्रजापति र राहुल लगायत करिब ५ सयलाई बौद्ध संघमा सामेल गराईएको पुस्तकहरुमा उल्लेख गरेको पाईन्छ। यहां बुद्धकालीन सो विहारका भग्नाअवशेषहरु रहेका छन्। यसै स्थानमा गौतम बुद्धका छोरा राहुललाई पनि उनले भिक्षु बनाएका थिए। यो क्षेत्रलाई बुद्ध धर्मग्रन्थ अनुसार निग्रोधारामको नामले समेत चिनिएको छ। यसलाई राजा शुद्धोधनको न्यायालय पनि भन्ने गरिन्छ। २०  औ राज्यभिषेकका अवसरमा सम्राट अशोकले गाटीहवामा क्रकुछन्द बुद्धको जन्म स्थल भएका भन्दै स्तम्भ खडा गरेका थिए। १ हजार ७ सय ८० वर्ष अघि गोटिहवा अस्तित्वमा थियो। तिलौराकोट राजा सुद्धोदनको राज प्रसाद तथा सिद्धार्थ गौतम बुद्धको क्रिडा स्थलकारुपमा रहेको छ। तिलौराकोट बिश्व संपदा सुचीमा सुचीकृत गर्न प्रस्तावित स्थल हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

भर्खरै प्रकाशित

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज