Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

खानेपानी आयोजना अलपत्र

Author Avatar साझा न्यूज 7th May 2023 , 11:54 AM
खानेपानी आयोजना अलपत्र

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका-९ नाम्जुङमा दुई वर्षअघि निर्माण सम्पन्न भइसक्नुपर्ने खानेपानी आयोजना अझैसम्म पनि अलपत्र परेको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाले करिब साढे दुई करोडमा ठेक्का लगाएको खानेपानी आयोजना विसं २०७८ असारमा नै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन ।

ठेकेदार कम्पनी मृत सञ्जीवनी नाना जेभीले उक्त आयोजना निर्माणको जिम्मा पाएको थियो । पहिलो पटक तोकिएको समयमा काम सम्पन्न गर्न नसकेपछि कार्यालयले दुई पटकसम्म म्याद थप गर्दासमेत ठेकेदार कम्पनी खानेपानी आयोजना निर्माण नगरी अलपत्र पारेर छाडेको छ ।

अहिलेसम्म आयोजनाको भौतिक प्रगति करिब ५० प्रतिशत मात्र भएको कार्यालय प्रमुख किरण पौडेलले जानकारी दिए । ‘लिफ्टिङ प्रविधिबाट निर्माण गर्न लागिएको यो आयोजना तीन किलोमिटर टाढा रहेको ढिकुरे रहबाट पानी तानेर वितरण गर्ने गरी सुरु गरिएको हो’, उनले भने, ‘रिजर्भ ट्याङ्कीसहित चार वटा ट्याङ्की निर्माण गर्ने गरी आयोजनाको लागत अनुमान छ । ट्याङ्की निर्माणको काम भने अहिले उपभोक्ता समितिमार्फत पहिले नै बनेकाले पछिल्लो बजेटबाट पाइप खरिद, ट्रिटमेन्ट प्लान्ट निर्माणलगायतका काम गर्ने गरी सम्झौता भएको थियो ।’

प्रमुख पौडेलले ठेकेदार कम्पनीले पाइप खरिद, ट्रिटमेन्ट प्लान्ट निर्माणको काम मात्र सम्पन्न गरेको बताए । ‘काम सम्पन्न गरेअनुसार कार्यालयले अहिलेसम्म ठेकेदार कम्पनीलाई ? एक करोड ३० लाख भुक्तानी गरिसकेको छ’, उनले भने, ‘त्यसबाहेक ११ लाख ठेकेदार कम्पनीले पेश्कीस्वरुप बुझिसकेको छ ।’ प्रमुख पौडेलले अझै नियमित काम गरे असार मसान्तसम्म काम सम्पन्न गर्न सक्ने अवस्था रहेको बताए ।

‘कार्यालयका तर्फबाट हप्तामा एक पटक फोन गरेर पनि काम समयमा सम्पन्न गर्न भनेका छौँ’, उनले भने, ‘टेलिफोनमा मात्र नभएर दुई पटकसम्म त लिखित रूपमा पनि पत्र पठाइसकिएको छ ।’

आयोजना निर्माण सम्पन्न भए कार्यालयले आवश्यक विद्युतीकरणका लागि ठेक्का लगाउने तयारी गरिरहेको प्रमुख पौडेलले बताए ।

आयोजनाबाट पँधेरा गाउँ, खोलापारि, माथिल्लो आरु बोटे, डाँडा गाउँलगायतका क्षेत्रका करिब दुई हजार तीन सय ७७ घरधुरीमा खानेपानी पुर्‍याउने लक्ष्य रहेको थियो ।

ठेकेदार कम्पनी नाना जेभीले भने कोरोनाका कारण आयोजना निर्माणमा ढिलाइ भएको दाबी गरेको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

भर्खरै प्रकाशित

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज