Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गुप्तेश्वर महादेवको संरक्षण गरिँदै

Author Avatar साझा न्यूज 9th May 2023 , 10:43 AM
गुप्तेश्वर महादेवको संरक्षण गरिँदै

भोजपुर । यहाँको रामप्रसादराई गाउँपालिका–३ भुल्केस्थित गुप्तेश्वर महादेवको संरक्षण थालिएको छ । धार्मिक क्षेत्रका रूपमा विकास गर्न यसको संरक्षण थालिएको हो । सडक खन्ने क्रममा अनौठो प्रकृतिका ढुङ्गा फेला परेपछि यहाँ गुप्तेश्वर नामकरण गरेर संरक्षण थालिएको हो ।

सडकको भित्तामा देवी–देवताको आकृति फेला परेपछि सडकलाई छेउबाट विस्तार गरेर यहाँ संरक्षणको काम थालिएको गाउँपालिकाले जनाएको छ । भुल्केकट्टीमा रहेको पाँचधारे मुहान नजिकै उत्पत्ति भएको यो स्थानको संघीय सरकारको रु ३० लाख र गाउँपालिकाको रु ४० लाख गरी रु ७० लाख लागत साझेदारीमा काम भइरहेको छ

यसको बृहत्तर विकास लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेर निर्माणको काम अघि बढाइएको रामप्रसादराई गाउँपालिका उपाध्यक्ष वीरेन्द्र राईले जानकारी दिए । यहाँ गुप्तेश्वर मन्दिर निर्माण तथा घेराबारा र आवश्यक संरचना निर्माण गरिने छ । यहाँ निर्माण हुने सबै संरचनाको रु चार करोडको बराबरको डिपिआर तयार भएको उनले बताए ।

‘धार्मिक क्षेत्रका रूपमा विकास गर्न गुप्तेश्वर महादेवको संरक्षण थालेका हौँँ’, उनले भने, ‘अहिले विस्तृत परियोजना प्रतिवेदन नै तयार गरेर काम थालेका छौँ । यो क्षेत्रलाई एक धार्मिक क्षेत्रका रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।’ मन्दिर उत्पत्ति भएपछि यहाँ देशका विभिन्न ठाउँबाट मानिस दर्शनका लागि आउने गरेका कारण यसको विकास गर्दै प्रचार–प्रसारमा जोड दिने उनको भनाइ छ ।

यो ठाउँलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सके यहाँका स्थानीयको आर्थिकस्तरमा सुधार ल्याउन टेवा पुग्ने वडाध्यक्ष रामु थापामगरले बताए । प्राकृतिक स्वरूपलाई यथावत राख्दै आवश्यक विकासको काम गरिने उनको भनाइ छ । ‘यो एउटा विशेष धार्मिक महत्त्व बोकेको स्थल हो’, उनले भने, ‘यो ठाउँलाई संरक्षण गरेर विकास गर्न आवश्यक छ, धार्मिक क्षेत्रका रूपमा विकास गर्दै पर्यटनसँग जोडेर यहाँका स्थानीयको आर्थिक उपार्जनमा टेवा दिने उद्देश्य छ ।’

यो मन्दिरमुनि रहेको पाँचेधारे मुहानबाट मिनिरल वाटरको उद्योग सञ्चालनका लागि समेत आवश्यक प्रक्रियाको काम भइरहेको छ । यो भेगको आसपासमा रहेका पाँच वटा मुहानमध्ये यहाँको पानी उत्कृष्ट रहेकाले यो अवधारणा अघि बढाइएको गाउँपालिकाका योजना शाखाका प्राविधिक ज्ञानराज भट्टराईले जानकारी दिए । ‘यो ठाउँबाट मिनिरल वाटर उद्योग सञ्चालनको प्रक्रिया अघि बढेको छ’, उनले भने, ‘यहाँ भएका पाँच वटा मुहानमध्ये यो मुहान पानी उद्योगका लागि उत्कृष्ट देखिएको छ । अब यहाँ उद्योग पनि सञ्चालनमा आउँछ ।’

यो क्षेत्रमा जलधारको राम्रो सम्भावना रहेकाले पानी मुहानसँगै यहाँको पञ्चकन्या देवीथानको पनि संरक्षण भइरहेको स्थानीयवासी तथा वडासदस्य टेकराज भट्टराईले जानकारी दिए । यहाँका पानीका मुहान रहेको ठाउँलाई सिमसार क्षेत्रका रूपमा विकास गर्ने काम भइरहेको उनको भनाइ छ ।

वन तथा वातावरण मन्त्रालयको नेपाल जलावायु नमूना कार्यक्रमअन्तर्गत रु २५ लाख लागतमा तीनधारे र पात्लेखेत भुल्भुले मुहानको संरक्षण थालिएको हो । यही भुलभुले मुहानको नामबाट गाउँको नामसमेत भुल्के रहेको स्थानीयको भनाइ छ । यो ठाउँको भुलभुलेबाट गुप्तेश्वरसम्म पाँच वटा मुहान छन् । यी मुहानमा बाह्रै महिना एकनासले पानी आइरहने स्थानीयवासीले जानकारी दिए । मुहान संरक्षणको काम थालिएकाले यहाँको विकासमा टेवा पुग्ने स्थानीयको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

भर्खरै प्रकाशित

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज