Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राज्यका सबै तह र संरचनामा महिलाको समावेशी सहभागिता गराउन माग

Author Avatar साझा न्यूज 9th May 2023 , 11:12 AM
राज्यका सबै तह र संरचनामा महिलाको समावेशी सहभागिता गराउन माग

रुपन्देही । राज्यका सबै तह र संरचनामा महिलाको समावेशी सहभागिता सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउँदै तिलोत्तमामा आयोजित महिला मञ्च २०८० सम्पन्न भएको छ ।

मञ्चले १४ बुँदे घोषणापत्र जारी गरी राज्यका हरेक संरचनामा विशेष व्यवस्था गर्दै समानुपातिक समावेशी प्रतिनिधित्व कायम गर्न, सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन, महिलालगायत सबै सीमान्तकृत समूहको न्यायमा पहुँच बढाउन र असमान शक्ति सम्बन्धको अन्त्य गर्न माग गरेको छ ।

संसद्मा पेस भएको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संशोधन गर्न घोषणापत्रमार्फत माग गरिएको छ ।

द्वन्द्व प्रभावितको न्यायको सुनिश्चितता गर्न माग गरिएको महिला मानवअधिकार रक्षकको राष्ट्रिय सञ्जालका संस्थापक अध्यक्ष डा। रेणु अधिकारीले जानकारी दिइन् ।

राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणका लागि महिलाको समानुपातिक, समावेशी, संलग्नतासहितको निर्णायक नेतृत्व अभ्यासका लागि विशेष योजना कार्यक्रम निर्माण र कार्यान्वयन गर्न नेतृत्व र सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ ।

रूपान्तरित नेतृत्व स्थापित गर्नका लागि समुदायदेखि नै सामाजिक तथा सांस्कृतिक रूपान्तरणको वातावरण तयार गर्न संयुक्त रूपमा पहल गर्दै अन्तर पुस्ता रूपान्तरित नेतृत्व विकास गर्नका लागि हाम्रा योजना निर्माण तथा कार्यान्वयन प्रक्रियामा युवा महिला तथा किशोरीको आवाज, सहभागिता र नेतृत्व कायम गर्न हातेमालो गरिने घोषणापत्रमा उल्लेख छ ।

‘हिंसा तथा द्वन्द्व प्रभावित महिलालाई न्यायिक प्रक्रियामा सहजीकरण र सेवा प्रदान गर्दा प्रभावित केन्द्रित प्रणालीका सिद्धान्त अवलम्बन गर्दै अधिकारमुखी दृष्टिकोणबाट योजना निर्माण र कार्यान्वयन गर्न प्रतिबद्ध छौँ’, घोषणापत्रमा भनिएको छ ।

महिलाको यौन तथा प्रजनन अधिकार सुनिश्चितताका लागि आवश्यक नीति निर्माण गरी स्वास्थ्यलाई पूर्ण रूपले परिभाषित गर्दै यौनिकता र महिलाको स्वास्थ्यलाई प्रभाव पार्ने सबै प्रकारका विभेदपूर्ण व्यवहारको अन्त्य गर्न नेतृत्व एवं सहकार्य गर्ने जनाइएको छ ।

पर्यावरणी न्याय सुनिश्चितताका लागि स्थानीय तथा प्रदेश स्तरमा नीति निर्माण र कार्यान्वयनका लागि पहल गर्ने र उक्त नीति निर्माण, कार्यान्वयन तथा मूल्याङ्कन प्रक्रियामा स्व–प्रतिनिधिमूलक समूहको सहभागिता र नेतृत्व सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ ।

महिलाको आन्तरिक, राजनीतिक र आर्थिक स्रोतमाथिको नियन्त्रणका कारण नेतृत्वमा परेको असरलाई विश्लेषण गर्दै महिलाको सम्पत्तिमाथिको हक, सूचनाको हक, शिक्षाको हक, समानुपातिक समावेशी नेतृत्वको अधिकारलाई संविधानमा उल्लेख गरिएबमोजिम कार्यान्वयनका लागि माग गरिएको छ ।

न्याय, समानता र पर्यावरणीय अधिकारको सुनिश्चितता सामाजिक रूपान्तरण सहितको दिगो विकासमा निश्चितता’ भन्ने नारासहित आयोजना गरिएको महिला मञ्चमा ‘सङ्क्रमणकालीन न्याय : चुनौतीहरू’, ‘शरीर मेरो नियन्त्रण कसैको’ र ‘रूपान्तरित नेतृत्वका सवालहरू’ लगायतका विषयमा छलफल गरिएको थियो ।

लुम्बिनी प्रदेशका ४० भन्दा बढी मानवअधिकारको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाले संयुक्त आयोजना गरेको मञ्चमा प्रदेशका १२ जिल्लाका स्थानीय, प्रदेश तहका जनप्रतिनिधि, महिला तथा युवा मानवअधिकार रक्षक, मानवअधिकारकर्मी, सञ्चारकर्मी नागरिक समाजका प्रतिनिधि गरी तीन सय जनाको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

भर्खरै प्रकाशित

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज