Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जनप्रतिनिधि र व्यवसायीको मिलेमतोमा नदीजन्य पदार्थ चोरी

Author Avatar साझा न्यूज 9th May 2023 , 1:51 PM
जनप्रतिनिधि र व्यवसायीको मिलेमतोमा नदीजन्य पदार्थ चोरी

पाल्पा, वैशाख २६ गते । जिल्लाको विभिन्न स्थानमा जनप्रतिनिधि तथा निर्माण व्यवसायीको मिलेमतोमा नदीजन्य पदार्थको चोरी निकासी भएको छ । जिल्लाको रामपुर, तिनाउ, रिव्दीकोट तथा बगनासकाली गाउँपालिकाको विभिन्न स्थानबाट नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी र बालुवाको चोरी भएको हो ।

बगनासकाली गाउँपालिकाको वडा नं. ६ यम्घास्थित मचेटाघाटमा अवैध नदीजन्य पदार्थ चोरी निकासी भइरहेको स्थानीय बासिन्दाको भनाइ छ । जनप्रतिनिधिकै मिलेमतोमा ढुङ्गा र बालुवा चोरिएको दाबी स्थानीय बासिन्दा शिव अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो , ‘वडा अध्यक्षलगायतका जनप्रतिनिधिकै मिलेमतोमा बालुवा, ढुङ्गा चोरी गर्ने काम भइरहेको छ ।’

अवैध रूपमा चोरी निकासी बढेपछि गाउँपालिकाले अनुगमन तीव्र बनाएको पालिकाका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । कालीगण्डकीको घाटक्षेत्रबाट जनप्रतिनिधिकै मिलेमतोमा अवैध रूपमा नदी जन्य प्रर्दाथको चोरी निकासी भएको गुनासोका आधारमा अनुगमन गरेर समन्वय समितिलाई प्रतिवेदन बुझाएको उहाँले बताउनुभयो ।

बगनासकालीमा कालीगण्डकी नदी क्षेत्रबाट बालुवा र गिट्टी चोरी भएको छ भने नदी नजिकै रहेको जङ्गलबाट ढुङ्गा चोरी भएको जिल्ला समन्वय समिति पाल्पाका सदस्य केशवराज खरालले बताउनुभयो । नदीजन्य पदार्थ चोरी गरेर योजनाको काममा प्रयोग गरेको पाइएको खरालले बताउनुभयो ।

बगनासकाली–६, का वडाका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले भने नदीजन्य पदार्थ चोरी कार्यमा आफ्नो कुनै संलग्नता नरहेको बताउनुभयो । यम्घामा स्थानीय र प्रदेश सरकारबाट विभिन्न योजना सञ्चालन भए पनि नदीजन्य पदार्थ चोरी गर्न आफूले सघाएको भन्ने कुरा झुटो रहेको उहाँले बताउनुभयो ।

रामपुरको विभिन्न क्षेत्रबाट नदीजन्य पदार्थ चोरी निकासी रोकिएको छैन । रामपुर नजिकै रहेको कालीगण्डकीका विभिन्न घाट तथा किनारबाट नदीजन्य पदार्थ चोरी भइरहेको स्थानीय बासिन्दाको भनाइ छ । नदीजन्य पदार्थ रातको समयमा चोरी निकासी भइरहेको र त्यसमा रामपुर नगरपालिकाले कुनै पहल गर्न नसकेको स्थानीय बासिन्दाको गुनासो छ ।

तिनाउ गाउँपालिकाको राजमार्ग क्षेत्रबाट समेत ढुङ्गा चोरी निकासी भइरहेको छ । सिद्धार्थ राजमार्ग स्तरोन्नति गर्न सञ्चालित योजना तथा निर्माणको काममा राजमार्ग नजिकैबाट ढुङ्गा चोरी गर्ने काम भइरहेको स्थानीय बासिन्दा कृष्ण पाण्डेयले बताउनुभयो । सिद्धार्थ राजमार्ग निर्माणको नाममा लाखौँ रुपियाँको ढुङ्गा चोरी निकासी भए पनि तिनाउ गाउँपालिकाले चोरी नियन्त्रण गर्न पहल नगरेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

भर्खरै प्रकाशित

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज