Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भागबन्डा नमिलेपछि लुम्बिनी प्रदेशमा मन्त्रालय थप्ने तयारी

Author Avatar साझा न्यूज 13th May 2023 , 6:33 PM
भागबन्डा नमिलेपछि लुम्बिनी प्रदेशमा मन्त्रालय थप्ने तयारी

दाङ । नियुक्त भएको दुई सातासम्म लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । बजेट ल्याउने बेला नजिकिंदै गर्दा मन्त्रिपरिषद जम्मा ४ सदस्यीय छ, तर मन्त्रीहरु विना विभागीय छन् ।

१४ वैशाखमा नियुक्त भएका मुख्यमन्त्री चौधरीले ६ दिनमै विश्वासको मत लिएका थिए । तर सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागबन्डा नमिलेको र दलहरुले मन्त्री छनोट गर्न नसक्दा सरकार विस्तारमा ढिलाइ भएको हो ।

माओवादीबाट धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्तोषकुमार पाण्डे र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी मन्त्री बनिसकेका छन् । तर उनीहरुले जिम्मेवारी पाएका छैनन् ।

वर्तमान सरकारलाई कांग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसदको समर्थन छ । एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १।१ जना मात्र प्रदेशसभा सदस्य छन् । यी दुई दल सरकारमा सहभागी हुने वा नहुने टुंगो लगाएका छैनन्, तर अरु दल सरकारमा जान इच्छुक छन् ।

दलहरुबीच कांग्रेसबाट मुख्यमन्त्रीसहित ४ जना, माओवादीबाट ३ जना र अन्य साना दलबाट चार जना मन्त्री बन्ने मोटामोटी सहमति छ । तर कुन दललाई कुन मन्त्रालय दिने भन्ने अझै टुंगो लाग्न बाँकी छ ।

स्रोतका अनुसार माओवादीलाई एमाले सरकारमा रहँदा पाएकै मन्त्रालय दिने कांग्रेसको तयारी छ । त्यतिबेला माओवादीले आर्थिक मामिला, आन्तरिक मामिला र भौतिक पूर्वाधार विकास मन्त्रालय पाएको थियो । माओवादीबाट धनबहादुर मास्की मन्त्री बनिसकेकाले अब दुई जना मन्त्री थपिनेछन् ।

माओवादीबाट कृष्णा केसी र दीपेन्द्र पुनलाई सरकारमा पठाउने तयारी रहेको एक प्रदेशसभा सदस्यले बताए । कृष्णा केसीलाई अघिल्लो सरकारको पालामा आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको थियो तर उनले भौतिक पूर्वाधार मन्त्रालय चाहिने भन्दै आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइनन् ।

कांग्रेसबाट बन्ने ३ जना मन्त्रीमा को को पठाउने भन्ने निर्णय भएको छैन । कांग्रेसको लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमिल्सिनापार्टीका २६ प्रदेशसभा सदस्यमध्ये अधिकांश मन्त्रीको आकांक्षामा रहेकाले नाम टुंग्याउन ढिला भएको बताउँछन् ।

‘ठूलो दल भएकाले आकांक्षी धेरै हुनु स्वभाविक हो । त्यसले गर्दा केही ढिलाइ भयो’ उनी भन्छन् ‘अब चाहिँ नाम टुंगो लगाउने गरी अन्तिम तयारी भइरहेको छ । आउने हप्ता दिनभित्रै सरकारले पूर्णता पाइसक्छ ।’ जसपाबाट भने भण्डारीलाल अहरीको नाम टुंगो लागेको छ ।

सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले सबै दललाई सरकारमा सहभागी गराउनुपर्ने भएकाले भागबण्डामा सहमति जुटाउन समय लागेको बताउँछन् । ‘अन्य दलबाट करिब करिब नाम टुंगो लागेको भन्ने सुनेका छौं’, उनी भन्छन्, ‘कांग्रेसबाट नाम टुंगो नलाग्दा केही ढिलाइ भयो । सम्भवतः आइतबारसम्म नाम टुंगो लगाएर सोमवारभित्रै सरकारले पूर्णता पाउँछ ।’

मन्त्रालय थप्ने तयारी

यसअघि एमालेबाट मुख्यमन्त्री बनेका लीला गिरीले प्रदेशको मन्त्रालय १० मा झारेका थिए । तर कांग्रेस–माओवादीसहितको सरकारले भने भागवण्डा मिलाउन मन्त्रालय थप्ने तयारी गरेको छ ।

सरकारलाई समर्थन गरेका दललाई मन्त्रालयको भागबन्डा मिलाउनुपर्ने भएपछि मन्त्रालय थप्ने तयारी गरिएको सरकारका प्रवक्ता पाण्डेय बताउँछन् । ‘सबै दललाई सहभागी गराउनुपर्ने हुँदा केही मन्त्रालयले अपुग देखिन्छ’ उनले भने, ‘एकदेखि दुई मन्त्रालय थप्नुपर्ने देखिन्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज