काठमाडौं, जेठ ११ गते । कोपा इटालिया कप फुटबलको उपाधि इन्टर मिलानले जितेको छ । रोमामा बुधबार राति भएको खेलमा इन्टरले फियोरेन्टिनालाई २-१ गोलले हराउँदै उपाधि जितेको हो ।
इन्टरको यो लगातार दोस्रो उपाधि हो । इन्टरलाई उपाधि रक्षा गराउन दुवै गोल लोउटारो मार्टिनेजले गर्नुभयो । फियोरेन्टिनाका निकोलस गोन्जालेसको सुरुवाती गोल गोल सान्त्वना बन्यो । तेस्रो मिनेटमै निकोलस गोन्जालेसले गोल गर्दै फियोरेन्टिनालाई अग्रता दिलाउनुभएको थियो ।
त्यसपछि २९औं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । ३७औं मिनेटमा लोउटारो मार्टिनेजको ब्यक्तिगत दोस्रो गोल टोलीको जितमा प्रयाप्त बन्यो । इन्टरको यो समग्रमा नवौं कोपा इलालिया उपाधि हो ।