Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जगदीशपुर वन बाटिका निर्माण हुँदै

Author Avatar साझा न्यूज 27th May 2023 , 4:32 PM
जगदीशपुर वन बाटिका निर्माण हुँदै

विश्व सिमसार क्षेत्रमा सुचीकृत कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुर ताल नजिकै जगदीशपुर वन बाटिका निर्माण गरिने भएको छ। झरना सामुदायिक वन क्षेत्र भित्र वन बाटिका निर्माण थालिएको हो।

जगदीशपुर सिमसार तथा चरा संरक्षित क्षेत्र तथा सगराहवा स्थित शाक्यहरूको सामूहिक बध स्थलकारुपमा रहेका लम्बु सागरको नजिकै जगदीशपुर वन बाटिका निर्माण थालिएको वडा नम्बर ९ का अध्यक्ष दिपक गुरुङले बताए। वन क्षेत्रको ६ हेक्टर जग्गा छ। वन बाटिका निर्माण र संरक्षणका लागि चालु आर्थिक वर्ष २०७९र०८० मा वडाले साढे १८ लाख बजेट विनियोजन गरेको छ। त्यस मध्ये वन क्षेत्र भित्र तारबारको काम सकिएको वडा सचिव बिजय पोखे्रेलले बताए। त्यहाँ यसै वर्ष भित्र ट्रस्ट र गेट निर्माण र बोरिङ जडान गरिनेछ।

झरना सामुदायिक वनकी अध्यक्ष राधिका खनालले वनको संरक्षण सुन्दरीकरण र पर्यटकीय गन्तव्य बनाउन यहाँ वाटिका निर्माणको काम सुरु भएको बताईन। यसमा सबैले साथ दिनु पर्ने उनले माग गरिन। वन बाटिका निर्माणका लागि स्थानीय स्तरमा नीम प्रसाद खनालको संयोजकत्वमा निर्माण समिति समेत निर्माण गरिएको छ। वन बाटिका निर्माण स्थलमा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल सहित कार्यपालिकाका टोलीले स्थलगत निरीक्षण गरी छलफल समेत गरेको छ। सो अवसरमा मेयर पौडेलले वन बाटिका निर्माणले यस क्षेत्र कै पर्यटकीय विकासमा मद्दत मिल्ने बताए। उनले आउने आर्थिक वर्षमा वन बाटिकालागि बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे।

सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्यालले बुद्धनगरीमा पर्यटकीय विकासकालागि निर्माण थालिएको वन बाटिकाले पर्यटन प्रवर्धन हुने बताए। कार्यक्रममा सहभागी वडा नम्बर १ का अध्यक्ष माहोम्द जाहिद खा, २ का अशोक कुमार गुप्ता, ३ का प्रकाश गैरे, ४ का रवीन्द्र तिवारी, ५ का दिरेप चौधरी, लगायतका १२ वटा वडाका वडाध्यक्ष वन बाटिकालागि आगामी आर्थिक वष बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे। सो अवसरमा समाजसेवी संजय गुप्ताले वन बाटिकाको निर्माण गरी नगरकै पर्यटन प्रबद्र्धनको काम चाडै अघि बढाउनु पर्नेमा जोड दिए। सो निर्माणका लागि डिभिजन वन कार्यालय प्रदेश र संघीय सरकारसंग समेत बटे माग गर्ने निर्णय गरिएको छ।

प्रहरीलाई बिपद सामाग्री प्रदान

कपिलवस्तु नगरपालिकाले जल बिपदमा प्रयोग हुने ५ प्रकारका सामाग्री प्रहरीलाई हस्तान्तरण गरेको छ। मेयर सुदीप पौडल र उप मेयर सुनिता गुप्ताले प्रहरी नायब उपरिक्षक मीन बहादुर घललेलाई सो सामाग्री हस्तान्तरण गरेका हुन। लाइफ ज्याकेट २०, स्ट्रेचर ४, रिङ ट्युब, फाइबर ४, थ्रो ब्याग २ वटा प्रदान गरिएको हो। यी सामाग्रीहरू जगदीशपुर ताल र त्यस नजिकै हुने जल बिपदका बेला प्रयो गरिनेछन। जगदीशपुर तालमा अहिले ५ वटा ढूंगा संचालन छन।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

शिविरमा करिब ३४५ जना सेवाग्राहीले आँखा परीक्षण

शिविरमा करिब ३४५ जना सेवाग्राहीले आँखा परीक्षण

अस्पतालभित्र हुने चुहावट नियन्त्रण गर्न ध्यान दिनुस:मुख्यमन्त्री आचार्य

अस्पतालभित्र हुने चुहावट नियन्त्रण गर्न ध्यान दिनुस:मुख्यमन्त्री आचार्य

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

भर्खरै प्रकाशित

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

शिविरमा करिब ३४५ जना सेवाग्राहीले आँखा परीक्षण

शिविरमा करिब ३४५ जना सेवाग्राहीले आँखा परीक्षण

अस्पतालभित्र हुने चुहावट नियन्त्रण गर्न ध्यान दिनुस:मुख्यमन्त्री आचार्य

अस्पतालभित्र हुने चुहावट नियन्त्रण गर्न ध्यान दिनुस:मुख्यमन्त्री आचार्य

रास्वपाले तोक्यो १४ केन्द्रीय विभागका प्रमुख, कपिलवस्तुका सांसद मोहनलाल आचार्यलाई कानुनी विभागको जिम्मेवारीP

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज