Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

महँगोमा बिक्दै जलगैँडाको दाँत

Author Avatar साझा न्यूज 28th May 2023 , 10:21 AM
महँगोमा बिक्दै जलगैँडाको दाँत

हात्तीको हाड तस्करीमा प्रतिबन्ध थपिएसँगै लोप हुने जोखिममा रहेको जलगैँडाको दाँतको तस्करी बढ्दो क्रममा रहेको छ। बेलायतले  हात्तीको हाड कारोबारमा प्रतिबन्ध लगाएपछि जलगैँडाको दाँत र हाडको व्यापारमा वृद्धि भएको छ। जलगैँडाका दाँत अनि दाह्रा सजावटका सामग्रीमा प्रयोग गरिन्छ।

कन्भेन्सन अफ इन्टरनेसनल ट्रेड इन इन्डेन्जर्ड स्पेसिज (सीआईटीईएस)अन्तर्गत जलगैँडाका अङ्ग किनबेच गर्न सकिन्छ तर अन्तर्राष्ट्रिय कारोबारका लागि भने निर्यात गर्ने अनुमति आवश्यक पर्छ। सन् १९७५ देखि सीआईटीइएसले जलगैँडाको तथ्याङ्क राख्न थालेपछि सन् २०१७ सम्म जलगैँडाका सात लाख ७० हजार किलो दाँत कानुनी रूपमै कारोबार भएको छ।

युरोपेली आयोगको प्रतिवेदनका अनुसार सन् २०२० मा युरोपेली सङ्घअन्तर्गतका राष्ट्रमा सबैभन्दा बढी बरामद भएको स्तनधारी प्राणीका अङ्गमा जलगैँडाको दाँत पर्छ।

इन्टरनेसनल युनियन फर कन्जरभेसन अफ नेचर (आईयूसीएन)ले सन् २०१६ मा गरेको अनुमानका अनुसार ‘कमन हिपो’को सङ्ख्या एक लाख १५ हजारदेखि एक लाख ३० हजारको बीचमा छ। जुन सन् १९९४ यता ३० प्रतिशतले कम भएको छ। चोरीसिकार अनि बासस्थानको कमीका कारण उक्त सङ्ख्या निरन्तर रूपमा घटिरहेको पश्चिम अनि मध्यअफ्रिकाका १० राष्ट्रले एक प्रतिवेदनमा जनाएका छन्।

जलगैँडाको जन्मदर कम हुन्छ। उसले वर्षमा एउटा मात्रै सन्तान जन्माउँछ र यस कारण सङ्ख्यामा कमी हुनुको दीर्घकालीन प्रभाव पर्न सक्छ। सबै जलगैँडाको मूल बासस्थान अफ्रिका हो। यसका दुईवटा प्रजाति छन् : कमन हिपो र पिग्मी हिपो।  सन् २०१६ मा कमन हिपोको सङ्ख्या एक लाख १५ हजारदेखि एक लाख ३० हजार गणना गरिएको थियो अनि पिग्मी हिपोको सङ्ख्या दुई हजारदेखि तीन हजार छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

शिविरमा करिब ३४५ जना सेवाग्राहीले आँखा परीक्षण

शिविरमा करिब ३४५ जना सेवाग्राहीले आँखा परीक्षण

अस्पतालभित्र हुने चुहावट नियन्त्रण गर्न ध्यान दिनुस:मुख्यमन्त्री आचार्य

अस्पतालभित्र हुने चुहावट नियन्त्रण गर्न ध्यान दिनुस:मुख्यमन्त्री आचार्य

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

भर्खरै प्रकाशित

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

शिविरमा करिब ३४५ जना सेवाग्राहीले आँखा परीक्षण

शिविरमा करिब ३४५ जना सेवाग्राहीले आँखा परीक्षण

अस्पतालभित्र हुने चुहावट नियन्त्रण गर्न ध्यान दिनुस:मुख्यमन्त्री आचार्य

अस्पतालभित्र हुने चुहावट नियन्त्रण गर्न ध्यान दिनुस:मुख्यमन्त्री आचार्य

रास्वपाले तोक्यो १४ केन्द्रीय विभागका प्रमुख, कपिलवस्तुका सांसद मोहनलाल आचार्यलाई कानुनी विभागको जिम्मेवारीP

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज