Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अनुशासन (बालकथा)

Author Avatar साझा न्यूज 29th May 2023 , 12:07 PM
अनुशासन (बालकथा)

एक समयको कुरा हो, कक्षा ५ मा पढ्ने सौरभ नामको एउटा केटा थियो । साथीहरूलाई जिस्क्याउन, झगडा गर्न अनि दुःख दिनमा उसलाई निक्कै आनन्द आउथ्यो । आफ्ना कारणले अरूले दुःख पाएको र रोएको देख्दा उसलाई निकै रमाइलो लाग्थ्यो । सौरभको गलत स्वभावका कारण उसलाई कसैले पनि मन पराउँदैन थिए । उसको उदण्ड स्वभावका कारण उसको सामुन्नेमा केही भन्न नसके पनि सबैले सौरभलाई गाली गर्ने र सराप्ने गर्दथे । विद्यालयका शिक्षक, घरपरिवार, साथी, आफन्ती जसले सम्झाउँदा पनि सौरभले कहिल्यै पनि आफ्नो गलत स्वभाव बदल्ने प्रयत्न गरेन । बरु दिनप्रतिदिन बिग्रँदै गयो ।

गलत काम गर्दा कहिलेकाहीँ सौरभले शिक्षक र घरपरिवारबाट सजाय पनि पाउथ्यो तर जतिसुकै सजाय पाए पनि उसले आफूलाई सुधार्ने कुनै पनि प्रयास गरेन । सौरभलाई सम्झाउनु र कुनै निर्जीव वस्तुलाई सम्झाउनुमा कुनै पनि फरक थिएन । ‘बरु गधालाई गाई बनाउन सकिएला तर सौरभलाई कहिल्यै पनि मान्छे बनाउन सकिँदैन’ उसको उदण्डताले सीमा नाघेको बेलामा शिक्षकहरू एकआपसमा सौरभको स्वभावलाई लिएर कुरा गरिरहेका हुन्थे । सबैको आँखामा बिझाउँदा पनि सौरभलाई सुध्रिन मन नै लागेन ।

दिन प्रतिदिन सौरभको बानी बिग्रदै  गएकाप्रति आमाबुवा निकै चिन्तित थिए । उनीहरूले सौरभको विद्यालय परिवर्तन गर्ने सोच बनाए । गाउँदेखि केही पर अनुशासनलाई प्राथमिकता दिने एउटा विशेष विद्यालय खुलेको उनीहरूले सुनेका थिए । सौरभको बिग्रँदो स्वभाव परिवर्तन हुन्छ कि भनेर त्यही भर्ना गरिदिए । पहिला त उसले विद्यालय परिवर्तन गर्न मानेको थिएन तर बाबुआमाले विशेष खालको विद्यालय भनेपछि उसमा केही उत्साह थपियो । जतिसुकै उदण्ड भए पनि केही नयाँ र सिर्जनात्मक काम गर्नुपर्दछ भन्ने सौरभको स्वभाव भने थियो ।

सौरभ जब पहिलो दिन विद्यालय पुग्यो, उसलाई त्यहाँ निकै आश्चर्य लाग्यो । उसले योभन्दा अगाडि देखेका विद्यालयभन्दा यो नितान्त फरक विद्यालय थियो । त्यहाँ न डेस्क र बेन्च थिए, न त किताब र शिक्षक नै । चारैतिर पर्खालले बार लगाएको एउटा ठूलो चौर थियो र त्यहाँ विद्यार्थीहरू समूह बनाएर आफ्नै ढङ्गले खेल खेलिरहेका थिए । पढ्न भनेर गएको विद्यालयमा सबै जना खेलेको मात्रै देख्दा उसलाई रमाइलो लाग्यो ।  विद्यालयमा अचम्मलाग्दो दृश्य देखेपछि सौरभ तिनछक्क प-यो । उसले आफ्नो नजिकै दौडिरहेको एउटा विद्यार्थीलाई सोध्यो, “यहाँ कक्षाकोठाहरू कहाँ छन् ? शिक्षकहरू कहाँ छन् ?”

दौडिरहेका पाइला रोक्दै विद्यार्थीले भन्यो “यहाँ कुनै पनि कक्षाकोठा छैनन् । यो त अनुशासनको विद्यालय हो । हामीले खेल खेलेर र खेलका विभिन्न नियमहरू पालना गरेर नयाँ कुरा सिक्छौ ।” उसको कुरा सुनेर सौरभलाई अचम्म लाग्यो । ‘खेलेर पनि पढाइ हुन्छ त ?’ उसले मनमनै प्रश्न ग¥यो । उसले खेलिरहेको केटालाई थप प्रश्न गर्नुभन्दा उनीहरूसँगै खेलमा सामेल भएर सिक्ने सोच बनायो ।

खेलमा सबैले अनुशासनको पालना अनिवार्य रूपमा गर्नु पर्दथ्यो । जसले खेलको नियम तोड्ने प्रयास गथ्र्यो उसलाई चौरको एउटा कुनामा बस्न लगाएर खेलबाट वञ्चित गरिन्थ्यो । नानीदेखि लागेको बानी भनेजस्तै सुरुमा त सौरभले खेलभन्दा पनि कसरी अनुशासन तोड्ने भन्ने कुरामा नै ध्यान दियो तर नियम तोड्ने बित्तिकै उसलाई खेलबाट वञ्चित गरिन्थ्यो । साथीहरू सबै खेलेर आफू मात्रै नखेल्दा सौरभलाई नरमाइलो लाग्यो र विस्तारै उसले खेलका नियमहरू पालना गर्नतिर ध्यान दियो । अनुशासित ढङ्गले खेल खेल्दा उसलाई खेल्नबाट वञ्चित हुनुपरेन । अरू अनुशासित विद्यार्थीहरू जस्तै उसले पनि खेलको पूर्ण मज्जा लियो ।

खेलमा रमाउँदै जाँदा विस्तारै सौरभ अनुशासित पनि हुँदै गयो । खेलमा अनुशासनको पालना गर्दा गर्दा सौरभलाई घरपरिवार र साथीसँग पनि अनुशासित हुने स्वभावको विकास भइरहेको थियो । अनुशासनले सौरभलाई सबैको प्यारो मात्रै बनाएको थिएन हरेक कुरामा जिम्मेवार पनि बनाएको थियो । उसलाई कसरी सकारात्मक ढङ्गले जीवन अगाडि बढाउने भन्ने ऊर्जा प्राप्त भएको थियो । जीवन सम्बन्ध बिगारेर होइन सबैसँग मिलेर अनि मिठो बोलेर पो सुन्दर हुँदो रहेछ भन्ने कुराको चेत उसलाई खुल्यो । त्यसपछि उसले कसैलाई पनि नराम्रो व्यवहार गरेन । सबैसँग मिलेर बस्यो । छोरामा आएको परिवर्तन देखेर बाबाआमा निकै खुसी भए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

शिविरमा करिब ३४५ जना सेवाग्राहीले आँखा परीक्षण

शिविरमा करिब ३४५ जना सेवाग्राहीले आँखा परीक्षण

अस्पतालभित्र हुने चुहावट नियन्त्रण गर्न ध्यान दिनुस:मुख्यमन्त्री आचार्य

अस्पतालभित्र हुने चुहावट नियन्त्रण गर्न ध्यान दिनुस:मुख्यमन्त्री आचार्य

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

भर्खरै प्रकाशित

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

शिविरमा करिब ३४५ जना सेवाग्राहीले आँखा परीक्षण

शिविरमा करिब ३४५ जना सेवाग्राहीले आँखा परीक्षण

अस्पतालभित्र हुने चुहावट नियन्त्रण गर्न ध्यान दिनुस:मुख्यमन्त्री आचार्य

अस्पतालभित्र हुने चुहावट नियन्त्रण गर्न ध्यान दिनुस:मुख्यमन्त्री आचार्य

रास्वपाले तोक्यो १४ केन्द्रीय विभागका प्रमुख, कपिलवस्तुका सांसद मोहनलाल आचार्यलाई कानुनी विभागको जिम्मेवारीP

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज