Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

महेन्द्रनारायण निधि राष्ट्रिय टि—२० क्रिकेट प्रतियोगिता सुरु

Author Avatar साझा न्यूज 29th May 2023 , 4:41 PM
महेन्द्रनारायण निधि राष्ट्रिय टि—२० क्रिकेट प्रतियोगिता सुरु

धनुषा, जेठ १५ गते । जनकपुरधामकोे रामजानकी अन्तर्राष्ट्रिय रंगशालामा सोमबारबाट महेन्द्रनारायण निधि राष्ट्रिय टि—२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आज एक कार्यक्रमबीच पूर्व उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले व्याटीङ गरेर उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा उहाँले खेलकुदको विकासले देशको आर्थिक विकास हुने भएकाले तीनै तहका सरकारले खेलकुदको विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । खेलकुद एउटा उद्योग समेत भएकाले नीजि क्षेत्रबाट पनि यसमा लगानी गर्न उहाँले आग्रह गर्नुभयो ।

उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरधाम भ्रमणको क्रममा जनकपुरधामका लागि घोषणा गरिएको एक सय करोडको सहयोग रंगशाला निमार्णमै खर्चिनुपर्ने र यस विषयमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव समेत सहमत रहेको बताउनुभयो । खेलकुदलाई ग्रामीणस्तरसम्म लग्न राज्यको ध्यान जानुपर्ने भन्दै उहाँले मधेश प्रदेशका खेलाडीले राष्ट्रिय टिमका लागि गरिरहेको योगदानको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा मधेश सरकारका शिक्षा तथा समाज कल्याणमन्त्री महेश यादवले मधेश प्रदेशमा सरकारले खेलकुद विधेयक प्रदेशसभाको समितिमा पठाइसकेको भन्दै समितिमा छलफल भएपछि विधेयक छिटट्ै पारित हुने र यसले खेलकुदको समग्र विकासमा टेवा पुग्ने बताउनुभयो ।

उहाँले पुराना खेलहरु लोप भइरहेको भन्दै त्यसको संरक्षणका लागि सरकार गम्भीर रहेको बताउनुभयो । क्यानका केन्द्रीय कोषाध्यक्ष रोशन सिंहले तीनै तहका सरकारले खेलकुदका लागि प्रयाप्त मात्रामा बजेट छुटयाउनु पर्ने धारणा राख्नुभयो ।

मधेश क्रिकेट संघका अध्यक्ष हिरा भगतको अध्यक्षतामा भएको कार्यक्रममा मधेश सरकारका स्वास्थ्यमन्त्री बिरेन्द्र सिंह, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहसहितकाले प्रतियोगिताको सफलताको शुभकामना दिनुभयो । क्रिकेटका सातवटै प्रदेशका टिम सहभागी रहने उक्त प्रतियोगितामा जम्मा २२ वटा खेल हुनेछ ।

जनकपुरधामको निर्माणाधीन अवस्थामा रहेको रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको ग्राउण्डमा प्रत्येक प्रदेशका टिमले हरेक प्रदेशसँग खेल्नेगरी एउटा टिमले प्रतियोगितामा छ वटा खेल खेल्नेछ । लिक कम नकआउट सिस्टम अर्थात प्रतियोगितामा प्राप्त गरेको खेल अंकको अधारमा सबैभन्दा बढी अंक प्राप्त गरेका दुई टिमले प्रतियोगिताको फाइनल खेल खेल्ने क्रिकेट संघ धनुषाका सचिव आशिष झाले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेता टिमलाई तीन लाख र उपविजेता टिमलाई २ लाख नगदसहित ट्रफी प्रदान गर्ने उहाँले बताउनुभयो । मधेश प्रदेश र कोशी प्रदेशबीच प्रतियोगिताको उद्घाटन खेल जारी छ । टस हारेका कोशी प्रदेश व्याटीङ गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज