साझा न्यूज । यशोधरा (कपिलवस्तु)
नेपाली कांग्रेस यशोधरा गाउंपालिकाका अगुवा नेता मानुल्लाह मुसलमानलाई पत्नी शोक परेको छ । यशोधरा गाउंपालिका वडा नं. ८ का बुथ ईकाई सभापति तथा पुर्व प्रधान मानुल्लाह मुसलमानकी ७५ वर्षीय पत्नी सहिरुन निसाको शनिवार भएको निधनबाट नेता मुसलमान शोकमा डुबेका हुन् ।
नेता मुसलमानकी पत्नी निसाको निधन प्रति नेपाली कांग्रेस कपिलवस्तुले गहिरो दुख व्यक्त गरेको छ । लुम्विनी प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेसका नेता सुधाकर पाण्डेयले मृतक परिवारको घरमा गई मृत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवार प्रति समवेदना प्रकट गरेका छन् ।