केही कथित बिद्वान अधर्मी नेपालीको फुइँ नै बढी!
नेपाल इतिहासमा कहिल्यै बिदेशीको दास बन्न नपरे पनि दुर्गन्ध भरिएको हावाबाट अधर्मी कथित ईसाईको भाईरस उडाएर संक्रमण भएकाहरूले हिन्दु सनातनीको बिरोधमा उत्रिरहेका हुन्छन्।
त्यस्तै, सदगुरूका १ अर्ब फलोअर छन्, सबै सोसल मिडिया गरेर। उहॉको सोसल मिडिया पहुँच विश्वको ३ अर्बमा जनतामा पुगिसकेको छ। नेपाललाई औधी मायागर्ने, विश्वमा जहॉ गए पनि नेपालको प्रशंसा गर्ने यी योगीको पनि बिरोधै गर्नपर्छ दिग्भ्रमित नेपालीहरूलाई।
८१% हिन्दु भएको नेपाल मौलिक रूपमा हिन्दू राष्ट्र हो, हिन्दु राज्य नभए पनि। राष्ट्र र राज्यमा फरक हुन्छ।
नेपालको विश्वमा पहिचान हिन्दुत्व हो। पशुपतिनाथ, जानकी मन्दिर, मुक्तिनाथले नै विश्वमा नेपालीलाई चिनाउछ।
बुद्धलाई हिन्दुले पुजा गर्छन्, एक भगवान मान्छन्, विश्वका बुद्धिष्टका निम्ति लुम्बिनी मक्का हो। नेपाललाई शान्तिका दूत बुद्धको देश भनेर चिनिन्थ्यो अहिल विद्रुप ईसाईकरण आतंक, अशान्तिको देश भनेर चिनिन थालेको छ। बुद्धलाई पनि रूवाईरहेका छन्। सोझा जनजातिहरूलाई धर्मच्यूत पारिदैछन्।
बुद्धका शालिकहरू ढालिएका छन्, कानुनले फौजदारी अपराध मानेको गोरू गाईलाई खुला चउरमा हत्या गर्दै लाईभ प्रशारण गर्दै छन्, हिन्दुको श्रद्धामाथि खुलमखुला आघात गर्दैछन्, पृथ्वीनारायण शाहको शालिक उखेलिरहेका छन्।
यी आततायीहरू सबै एउटै केन्द्रबाट संचालित हुन्। नवआतंकबादको सर्पले नेपालमा पुनः फँडा उठाउदै छ। सरकार र राज्य नीरिह छ, आततायीहरूको मनोबल बढ्नेगरि नेताहरू बक्तब्यबाजी गरेर नेपालको मौलिकता र पहिचान मास्न उद्दत छन्।
नेतालाई लुट्नका लागि मात्र नेपाल चाहिएको प्रमाणित हुदैछ। लुट्न नपाएको दिन यिनीहरू देश छाडेर भाग्छन्।
नेपालीले नयॉ ढंगले सोच्नैपर्छ यदि यो देश, यसको पहिचान र मौलिक श्रोत, गरिमा, धर्म, अध्यात्मलाई जगेर्ना गर्ने हो भने। धार्मिक अध्यात्मिक पर्यटनको प्रवर्धन गर्ने हो भने।
त्यसैले आततायीको हातमा देश छाड्ने कि सभ्यहरूको हातमा, विचार गरिरहनु होला, निर्णय गर्ने बेला छिटै आउने छ। कुनै पनि आततायीहरूको दादागिरी स्विकार्य छैन।