नेताहरूले अब नेपालमा धर्मनिरपेक्षता सम्हाल्न नसक्ने देखिदैछ। धर्म निरपेक्षता भनेको सनातनी हिन्दुलाई खेद्ने हो भन्ने स्कूलिंग हुदै गरेको देखिन्छ। कुकुरलाई घ्यु पच्दैन भनेको यसैले होला।
अब सनातनी हिन्दु राज्य बनाउने कि बिद्रुप ईसाई राज्य भनेर सोच्न बाध्य पारिदैछ। ८१% हिन्दु भएको मुलुकमा बिद्रुप ईसाईकरण टिक्छ त? कानुन बनाउन सक्छ त?
अल्प संख्यकको रक्षा बहुसंख्यकले गर्नु लोकतन्त्र हो।
तर लोकतन्त्रमा नगण्य संख्यकले बहुसंख्यकलाई जिस्काउनु मूर्खता हो।
मणिपुर काण्ड यही हो- अल्पसंख्यक ईसाईहरूले बहुसंख्यक हिन्दु समुदायका महिलालाई सार्वजनिक रूपमा नांगो पारेर बलात्कार गरे, यस काण्डमा ५००० जना आरोपीहरू थुनामा छन्।
मणिपुरको घटनाले नेपाललाई झस्काएको छ। नेपालका हिन्दु सनातनी विश्वमा सबैभन्दा उदार हुन् तर यसको दुरूपयोग गर्न उद्दत आततायीहरूले देशको पहिचान, परिचय, गरिमा सखाप पार्ने र राष्ट्रलाई बिघटनमा लाने सोचले नियोजित काम गरिरहेका छन्।
नेताहरू, दलहरू, सांसदहरू,कथित पत्रकार बिद्वानहरू, मिडियाहरू सबै यही बिघटनको आगोमा घ्यु हाल्दै गएका छन्। यदि नेपालमा धार्मिक पुनर्जागरण भएन भने यो पूरै परनिर्भर रहेको देशको अस्तित्व रहनेछैन किनभने यति परनिर्भर र कमजोर देशमा केही प्रयोजित नेपालीहरूले शक्तिशाली हिन्दु पुनर्जागरण हुदै गरेको छिमेकी मुलुक र त्यहॉका जनतालाई जिस्काउदै ललकारिरहेका देखिन्छन्।
सरकार र राज्य चुप लागिरह्यो भने जनता अघि बढ्छन् र यसले राज्य ब्यवस्थालाई फेरि अर्को नराम्रो धक्का दिनसक्छ। देश बनाउने, बिविधतायुक्त समाजमा शान्ति सद्भाव कायम राख्ने, देशको अस्तित्व जोगाउदै चीरकाल पर्यन्त रहनु छ भने खेँलाची नगरौँ।
नेताहरूको हातबाट लगाम नफुस्कियोस्। त्यसै पनि राजनीति र नेताहरूको ब्यवहार घोर भ्रष्टमैत्री, दण्डहीनतामैत्री र आततायीमैत्री छ भन्ने आरोप ब्याप्त छ।
धर्मो रक्षति रक्षतः।