कपिलबस्तु, मंसिर १६ गते । कपिलबस्तुको शुद्धोधन गाँउपालिका वडा नं. १ को मतगणना शुरु भएको छ । जिल्ला निर्वाचन अधिकारी अमर बहादुर वलिका अनुसार शुद्धोधन १ मा भएको उपनिर्वाचनको मतगणना पतरिया स्वास्थ्य चौकीमा शुरु भएको बताउनुभयो ।
शुद्धोधन १ मा रहेको ४ हजार ८ सय ६८ मतदाता रहेका शुद्धोधन १ मा ३ हजार ३ सय ७९ मत खसेको हो । तिन वटै मतदान स्थलमा गरी ६९.४१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रारम्भमा नेरा आधारभूत विद्यालय अन्हराठ (क), पूर्ण केशर मावि बग्दी (क) र विकुली पश्चिम डिहको मदरसा विकुली कको मतगणना शुरु भएको हो । नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष तिलकराम यादवको २०८१ असोज ८ गते निधन भएपछि रहेको रिक्त पदको लागि उप निर्वाचन हुदै छ ।
उक्त पदका लागि चार स्वतन्त्र सहित १४ जना प्रतिस्पर्धामा रहेका छन् ।