रौतहट कारागारबाट भागेका कैदीहरूलाई प्रहरीले पक्राउ गर्न थालेको छ ।
मंगलबार राति हुलहुज्जत गरेर गौर कारागारबाट भागेकामध्ये ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएर पुनः कारागार पठाएको छ । कुल २९१ कैदिबन्दी रहेको गौर कारागारमा २४ जना बाहेक सबै कारागार तोडफोड गरी भागेका थिए ।
भागेका मध्ये ३५ जनालाई सुरक्षाकर्मीले रौतहटका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको जनाइएको छ । यसैगरी कारागारबाट भागेका १७ जना कैदीलाई भारतीय सुरक्षाकर्मीले सीमा क्षेत्रमा पक्राउ गरी रौतहट प्रशासनको जिम्मा लगाएको छ।
भागेकामध्ये २ जना महिला र बाँकी पुरुष कैदी रहेका छन् ।
















































