Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सुहाङ नेम्वाङले मागे माफी

‘जेन–जीले अस्तित्व र अधिकारको कुरा गरे, भ्रष्टाचारमाथि प्रश्न उठाए, के यी प्रश्न गलत थिए?

Author Avatar साझा न्यूज 19th September 2025 , 2:24 PM
सुहाङ नेम्वाङले मागे माफी

प्रतिनिधि सभाका निवर्तमान सांसद सुहाङ नेम्वाङले माफी मागेका छन्। शुक्रबार विज्ञप्तिमार्फत् नेम्वाङले आफू सक्रिय राजनीतिमा आएको दुई वर्ष भएको उल्लेख गर्दै अहिलेको अवस्था निर्माणमा आफ्नो भागमा पर्ने कमजोरी र नालायकीप्रति माफी माग्ने बताएका हुन्।

‘मैले फर्केर हेरेँ म पनि सक्रिय राजनीतिमा आएको करिब एक दुर्ष वर्ष भएछ। अति आदरणीय इलामेली जनताको जनप्रतिनिधिको रूपमा प्रतिनिधिसभा सदस्यको रुपमा झन्डै डेढ वर्ष काम गर्ने अवसर प्राप्त गरेँ, त्यस हिसाबले यो अवस्था निर्माणमा मेरो पनि अलिकति भूमिका रह्यो होला? यदि रह्यो भने मेरो भागमा कति पर्छ, कुन्नि? यो कमजोरी र नालायकीप्रति म माफी माग्छु। गल्तीहरू नेतृत्वमा बस्नेहरूबाटै हुन्छन्, आत्मालोचना र स्वीकारोक्ति जरुरी छ  जनतालाई माफी मागेर सच्चिने प्रण गर्नु नै हाम्रो महानता हो। म भन्न चहान्छु, गल्ती कमजोरीहरू सच्चाएर जानेछौं। यो अभियानको एक सदस्यको रूपमा आजको तमाम कमजोरीहरू माफी माग्छु,’ उनले भनेका छन्।

उनले भदौ २३ र २४ गतेको घटनाको जिम्मेवार ठहर्‍याउँदै जेन–जीलाई गाली गर्नु आफ्नै सन्ततिलाई गाली गर्नुसरह भएको बताएका छन्।

उनले सबैलाई अब आवेग, उत्तेजना र प्रतिशोध त्याग्न आग्रह गरेका छन्। इतिहासको घाउ कोट्टयाएर भविष्य थप अनिश्चित नबनाउन अपिल पनि गरेका छन्।

‘फेरि पनि कही कतैबाट आवेग, उत्तेजनाहरू सुनिनु गलत हुनेछ। २४ तान्डव सर्वथा गलत थियो। आन्दोलनमा घुसपैठ भयो भन्ने निचोडमा स्वंयम् जेनजीका अगुवाहरु पुगी नै सक्नु भएको छ। यस अवस्थामा आफ्नै आचारसहिता, आर्दश बनाएर आफ्नो अस्तित्व र अधिकारको निम्ती सडकमा आएका जेन जीहरूलाई उत्तेजनापूर्ण आरोप लगाउनु आफ्नै सन्ततीहरुलाई गाली गर्नु हो। आफ्नै सन्ततिहरूलाई गाली गर्ने जो जिम्मेवार अभिभावक बन्नै सक्दैनन्,’ उनले भनेका छन्।

उथलपुथलकारी, आँधीमय र कोलाहलमय दिनहरूपछि नेपालीहरू सामान्य अवस्थामा फर्किने प्रयास गरिरहेको उनले बताएका छन्। देशसँग एकातिर भदौ २३ गतेको जेनजी आन्दोलनले दिएका सन्देश, निर्देश र पाठहरु रहेको र अर्कातिर भदौ २४ गतकोे वितन्डाले देशवासीको मनभित्र छोडिगएका अनेक प्रश्न, संसय र पीडाहरु रहेको उल्लेख गरेका छन्।

‘अहिले पनि मेरो आँखामा भदौ २३ र २४ गतेको दृश्यहरु नाँचिरहेको छ। भदौ २३ गते आफ्नो अधिकार र अस्तित्वको लागि सडकमा उपस्थीति जनाउन गएका कलिला नानीहरु, अबोध नौजवान साथीहरु मारिएको बर्बर र क्रुरतापूर्ण दृश्यहरुले नराम्ररी झस्काइरहेको छ। मेरो मनमा अहिले पनि प्रश्न छ, जेन–जीले अस्तित्व र अधिकारको कुरा गरे, भ्रष्टाचारमाथि प्रश्न उठाए । के यी प्रश्न गलत थिए? किन बर्बर दमन गरियो? म फेरि पनि उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ उनले भनेका छन्?

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

भर्खरै प्रकाशित

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज