Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

डेढ महिनापछि मकवानपुर जिल्ला अदालत सञ्चालनमा

Author Avatar साझा न्यूज 29th October 2025 , 2:12 PM
डेढ महिनापछि मकवानपुर जिल्ला अदालत सञ्चालनमा

मकवानपुर, कात्तिक १२ गते । मकवानपुर जिल्ला अदालतले डेढ महिनापछि पूर्ववत् सेवा प्रवाह सुरु गरेको छ । अदालतबाट प्रवाह हुँदै आएका सेवाहरु गत भदौको २४ गतेबाट संकुचन गरिएकोमा पूर्ववत् सञ्चालनमा आएको हो ।

जेनजीको प्रदर्शनीका क्रममा अदालतमा तोडफोड, लुटपाट र आगजनी भएपछि अदालतबाट प्रवाह भएका सेवाहरु संकुचन गरिएको थियो । जिल्ला अदालत मकवानपुरका निमित्त श्रेस्तेदार केशवराज कौशिकले अदालतका डाटाहरु सबै रिकभरभएको पूर्ववत् सेवा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । उहाँले यसअघि आंशिक रुपमा सेवा प्रवाह हुँदै आएकोमा अब मुद्दा व्यवस्थापन प्रणालीबाट पेशी प्रकाशन र सुनुवाइ हुने बताउनुभयो ।

यस अदालतबाट प्रवाह भएका सेवाहरु भदौ २४ गतेपछि संकुचन गरिएकोमा अब भदौ २४ गतेअघिकै अवस्था अदालतले सेवा प्रवाह गर्नसक्ने अवस्थामा पुगेको छ, उहाँले भन्नुभयो, बुधबार बसेको अदालतको पूर्ण बैठकको निर्णय अनुसार सूचना प्रविधि प्रणालीमा आबद्ध भई सबै प्रकारका मुद्दा तथा रिट निवेदनहरुको सुनुवाइ बिहीबारबाट नियमित रुपमा सुचारु हुनेछ ।

मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २३५ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५९ बमोजिम गुज्रिएको म्याद÷ तारेख तथा सो अवधिमा मुद्दा गर्ने हदम्याद गुज्रिएको भए असोज २२ गतेबाट बाटोको म्यादबाहेक ३० (तीस) दिनभित्र थाम्न थमाउन सकिनेछ र सो अवधिमा भदौ २३ देखि असोज २१ गतेसम्ममा गुज्रिएको तारेख, म्याद, हदम्याद नगुज्रने अदालतले जनाएको छ।

यस्तै अभियोग पत्रसाथ पेश भएका एवं फरार भई पक्राउ प्रतिवादीहरुको बयान, थुनछेकसम्बन्धी कार्यहरु, फिराद दर्ता, प्रतिउत्तर दर्तासम्बन्धी कार्यहरु, बकपत्र म्बन्धी कार्यहरु, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ सम्बन्धी निवेदन, प्यारोल सम्बन्धी निवेदन दर्ता र सुनुवाइ सम्बन्धी कार्यहरु र पूरक निवेदन दर्ता तथा सो को सुनुवाइसम्बन्धी कार्यहरु गर्दै आएको अदालतले जनाएको छ ।

अदालतका अनुसार नियमित तारेखसम्बन्धी कार्यहरु, मुद्दा मिलापत्र, मुद्दा फिर्तासम्बन्धी कार्यहरु, तहसिल शाखाबाट सम्पादन हुने सबै कार्यहरु, अभिलेख शाखाबाट सम्पादन हुने सबै कार्यहरु, विशेष प्रकृतिको निवेदनहरु दर्ता तथा सोको सुनुवाइसम्बन्धी कार्यहरु र कसूर ठहर भई सजाय निर्धारण बाँकी रहेका मुद्दाहरुमा सजाय निर्धारणको सुनुवाइसम्बन्धी कार्यहरु गर्दै आएको छ ।

निमित्त श्रेस्तेदार कौशिकले अदालतका अभिलेखहरु अब सूचना प्रविधि प्रणालीबाट हेर्न र सेवा प्रवाह गर्न सकिने बताउनुभयो । अदालतमा आगजनी र तोडफोड भएपछि गत असोज २९ गतेबाट आगजनी भएको भवनबाट जिल्ला अदालत र उच्च अदालत पाटन हेटौँडा इजलासले आंशिक रुपमा सेवा प्रवाह सुरु गरेको थियो ।

अदालतका फर्निचरलगायतका उपकरणहरु प्रदर्शनीका क्रममा आगजनी, तोडफोड र लुटपाट भएपछि तत्काल काम चलाउका लागि जिल्लास्थित स्थानीय तहलगायतले फर्निचर र कम्प्युटरलगायतका उपकरण उपलब्ध गराएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

तनहुँ बस दुर्घटना: घाइतेको संख्या १७ पुग्यो

तनहुँ बस दुर्घटना: घाइतेको संख्या १७ पुग्यो

कपिलबस्तुमा १२ औं शतब्दिको मुद्रा फेला

कपिलबस्तुमा १२ औं शतब्दिको मुद्रा फेला

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

भर्खरै प्रकाशित

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

तनहुँ बस दुर्घटना: घाइतेको संख्या १७ पुग्यो

तनहुँ बस दुर्घटना: घाइतेको संख्या १७ पुग्यो

कपिलबस्तुमा १२ औं शतब्दिको मुद्रा फेला

कपिलबस्तुमा १२ औं शतब्दिको मुद्रा फेला

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज